इनरुवा । सुनसरीको दुहवी नगरपालिका स्थित भलुवामा पूर्व उपप्रधानमन्त्री तथा निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यका नेपाली काग्रेंसका उम्मेदबार विजय कुमार गच्छदारले घरदैलो कार्यक्रम गरेका छन् ।
गच्छदारले आफु संविधानको रक्षा, विकास र लोकतन्त्रको पहरेदारको रुपमा काम गर्ने गरी अन्तिम पटक मतदाताको घरदैलोमा आएको बताएका छन् ।
गच्छदार प्रदेश सभा सदस्य उम्मेदवार विन्देशवर यादव सहितको सहभागीतामा घरदैलो कार्यक्रम गर्दै संविधानको पूर्ण कार्यान्वयन र विकासका निमत्ती मत माग्न आएको बताएका छन् ।
सोही क्षेत्रमा पूर्व राज्य मन्त्री एवम् एमालेका उम्मेदबार भगवती चौधरीले समेत दुहवीमा मतदाताहरुको घरमा घरदैलो गरिरहेकी छिन् । मतदानको मिति नजिकिएसगैं माहोल गाउँटोलदेखी शहरसम्म निर्वाचनमय भएको एमालेका जिल्ला अध्यक्ष एव्म प्रदेश सभा सदस्य सुनसरी २ (क)का उम्मेदबार रेवतीरमण भण्डारीले जानकारी दिए । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नंम्बर–३ मा सञ्चार तथा सूचना प्रविधी एवम् कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले घरदैलो कार्यक्रम गरेको छ । मन्त्री कार्की सुनसरी निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य उम्मेदबार समेत रहनुभएकाले मतदाताको घरघरमा घरदैलो गरेको हो । कार्कीले आफ्नो घरदैलो सीमावर्ती गाउँ घुस्की देखी बराहक्षेत्र सम्म एक चरणको गरेकोमा अन्तिममा घरदैलो कार्यक्रम अन्तरगत इनरुवा ३ मा घरदैलो गरेको हो । निरन्तर घरदैलो कार्यक्रममा रहेको मन्त्री कार्कीले संविधान र लोकतन्त्रको रक्षाका निम्ति आफूलाई मतदान गर्न मतदाता आतुर रहेको बताए । उता सोही क्षेत्रमा नेकपा एमालेका उम्मेदबार जगदिश प्रसाद कुसियैतले कोशी गाउँपालिकामा मंगलबार भरदैलो गरेका छन् । त्यसैगरी लोसपा नेपालका उम्मेदवार कुञ्जीलाल यादव, राप्रपाका उम्ेमदबार विधानन्द यादव, स्वतन्त्रका उम्मेदबार डा. खालिद हुसेनले पनि बराहक्षेत्रमा घरदैलोलाई तिव्रता दिनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट नेपाली काग्रेंसका उम्मेदबार कार्की र प्रतिपक्षी गठबन्धन नेकपा एमालेका उम्मेदबार कुसियैत र राप्रापा यादव, स्वतनत्रका हुसेन, जनमत पार्टीका देवराम यादव (मधेशी) सहितले घरदैलोलाई तिव्रता दिएका छन् ।उता जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा पूर्व मुख्यमन्त्री तथा एमालेका उम्मेदबार भिमप्रसाद आचार्यले इनरुवा २ र पूर्व यातायात राज्य मन्त्री तथा काग्रेंसका उम्ेमदबार सिताराम मेहताले इनरुवा ५ मा घरदैलो र मतदाता भेटघाट कार्यक्रम गरेको छ ।
प्रचार प्रसार गर्ने समय एक दिन मात्रै बाँकी रहेकाले उम्मेदबारहरुले घरदैलोलाई तिव्रता दिएको नेपाली काग्रेंसका जिल्ला सभापती केदार भण्डारीले जानकारी दिए ।
Discussion about this post