इनरुवा । नेपाली काङ्ग्रेसको केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ६ मा वृक्षरोपण गरिएको छ ।
नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह गाउँपालिका ६ न.वडा कार्य समितिको आयोजनामा वडा सभापति जमालुद्दिन मन्सुरीको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरीको प्रमुख अतिथित्यामा सहिद दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम गरिएको हाे ।उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस सुनसरी जिल्लाबाट काङग्रेस अभियान कार्यक्रमका लागि खटाइएको प्रतिनिधि राजेन्द्रप्रसाद मेहताको समेत उपस्थिति रहेको थियोे । त्यसैगरी साेही कार्यक्रममा नेपाल मुस्लिम संघ भोक्राहा नरसिंहका सभापति हारुन रसिद अन्सारीलाई प्रमुख अतिथी तथा प्रदेश सभा सदस्य इस्राइल मंसुरीले सम्मान गरेकोे थियोे ।
साे कार्यक्रममा नेपाल मुस्लिम संघ सुनसरीका सभापति हारुन अन्सारी,नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सचिव जुगेश्वर यादव,सदस्य ममता कुमारी उराँव,अनिल साह,श्यामदेव मेहता,श्यामदेव मेहता,हिरा उराँव,महाधिवेशन प्रतिनिधि इरफान मिया,नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह गाउँपालिका नेता देवनारायण मेहता, कार्यसमितिका उपसभापति मुस्तक मिया,मन्जिला उराँव,सचिव कृपाराम मेहता,सह-सचिव सेराज हुसेन,भोक्राहा नरसिंह ५ का सभापति एवं नेपाल मुस्लिम संघ भोक्राहा नरसिंहका सभापति हारुन रसिद,६ का सभापति जमालुद्दिन मन्सुरी,७ का सभापति कोसिल मण्डल,८ का सभापति कलिम मिया लगायतका उपस्थिति थियो ।
Discussion about this post