इनरुवा । नेपाली काङ्ग्रेसको केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ६ मा वृक्षरोपण गरिएको छ ।
नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह गाउँपालिका ६ न.वडा कार्य समितिको आयोजनामा वडा सभापति जमालुद्दिन मन्सुरीको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरीको प्रमुख अतिथित्यामा सहिद दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम गरिएको हाे ।
उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस सुनसरी जिल्लाबाट काङग्रेस अभियान कार्यक्रमका लागि खटाइएको प्रतिनिधि राजेन्द्रप्रसाद मेहताको समेत उपस्थिति रहेको थियोे ।
त्यसैगरी साेही कार्यक्रममा नेपाल मुस्लिम संघ भोक्राहा नरसिंहका सभापति हारुन रसिद अन्सारीलाई प्रमुख अतिथी तथा प्रदेश सभा सदस्य इस्राइल मंसुरीले सम्मान गरेकोे थियोे ।
साे कार्यक्रममा नेपाल मुस्लिम संघ सुनसरीका सभापति हारुन अन्सारी,नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सचिव जुगेश्वर यादव,सदस्य ममता कुमारी उराँव,अनिल साह,श्यामदेव मेहता,श्यामदेव मेहता,हिरा उराँव,महाधिवेशन प्रतिनिधि इरफान मिया,नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह गाउँपालिका नेता देवनारायण मेहता, कार्यसमितिका उपसभापति मुस्तक मिया,मन्जिला उराँव,सचिव कृपाराम मेहता,सह-सचिव सेराज हुसेन,भोक्राहा नरसिंह ५ का सभापति एवं नेपाल मुस्लिम संघ भोक्राहा नरसिंहका सभापति हारुन रसिद,६ का सभापति जमालुद्दिन मन्सुरी,७ का सभापति कोसिल मण्डल,८ का सभापति कलिम मिया लगायतका उपस्थिति थियो ।










Discussion about this post