देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत सहितको टोलीले सामुदायिक विद्यालयको अनुगमन गरेको छ । देवानगञ्ज गाउँपालिका ५ साहेवगञ्जको अमरसिंह मावि र देवानगञ्ज ६ को फोचोदास आधारभुत विद्यालयको अनुगमन गरेको हो । सोमबार गरेको विद्यालय अनुगमनका क्रममा शिक्षकहरुले पाठनोट, पाठयोजना विना कक्षाकोठामा प्रवेश गरेको, खाजा समेत नियमित नगरेको, विधार्थी थोरै आएपनि सबै विधार्थीको हाजिरि देखाएर खाजा खुवाएको कागजी घोडा तयार पारेको , शिक्षकहरु उपस्थित भएपनि हाजिरि नगरेको पाईएको प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेलले जानकारी दिए । गाउँपालिकाको तर्फबाट गाँउपालिकाको एक आधारभूत विद्यालय र एक माध्यमिक विद्यालयको शिक्षाको सेवा प्रवाहको अवस्थाको बारेमा निगरानी सहित अनुगमन गरिएको छ ।
भौतिक संरचनाअन्तर्गत भवन र कक्षाकोठाको प्रयोग र सजावट अवस्था, विद्यालय हाताको फोहर व्यवस्थापन र सरसफाइको अवस्था र पाठ्यसामग्रीसहित पुस्तकालय र त्यसको प्रयोगबारे अनुगमन गरिएको थियो । विद्यार्थीको सिर्जनात्मक क्रियाकलाप प्रदर्शन गर्ने स्थान उपलब्धता र प्रयोगको अवस्था, खानेपानी, सौचालय र छात्रामैत्री, सेनीटरी प्याड प्रयोग र डिस्पोजल गर्ने व्यवस्था सहितको अनुगमन गरेको थियो । वर्षमा कति दिन विद्यालय खुलेको, पठनपाठन भएको जम्मा दिन, वार्षिक बिदा, सरदर एक हप्तामा कति समय एउटा शिक्षकले अध्यापन गराउनुपर्ने, कक्षागत रूपमा सिकाइ उपलब्धि टाँस गरे/नगरेको, कमजोर विद्यार्थीका लागि अतिरिक्त शिक्षण व्यवस्थाको अवस्था, पाठ्यपुस्तकको उपलब्धता, शैक्षिक कार्ययोजना निर्माण र कार्यान्वयन, गुनासो सुनुवाइको व्यवस्था लगायतका बारेमा स्थलगत अनसगमन गरेको र अभिभावक तथा शिक्षकसँग छलफल गरिएको थियो । अनुगमनको अन्तमा विद्यालय सुधारको योजनाअनुसार कार्य गर्न विद्यालयका शिक्षक तथा अभिभावकलाई सुझाव दिइएको थियो । विद्यालय अनुगमन कार्यक्रममा गाँउपालिकाका अधिकृत सहित शाखा प्रमुखहरु, लेखा शाखा प्रमुख र नागरिक समाजको तर्फबाट दर्शन एमएम रेडियोका स्टेशन म्यानेजर विवेक मेहताको सहभागिता रहेको थियो ।
विद्यालयको अनुगमनका क्रममा देखिएको खाजामा अनियमितता, शिक्षकले विद्यालय पोशाकमा ध्यान नदिएको, नियमितताको अभाव देखिएको र शिक्षकको कक्षामा प्रतुती कम्जोर देखिएकाले सुधार गर्न निर्देशन दिनुभएको थियो । शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन प्रभावकारी हुने देखिएको सहभागी दर्शन एमएमका स्टेशन म्यानेजर विवेक मेहताले जानकारी दिए ।
Discussion about this post