विराटनगर । बाल सुधार गृह विराटनगरमा झडप भएको छ । विभिन्न बालबिज्याँईका मुद्दाका कैदबन्दी रहेकाहरुबीच झडप भएको हो । स्थिति तनावग्रस्त बनेपछि नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ । त्यस क्रममा नेपाल प्रहरीका हवल्दार घाईते भएका छन् ।
मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले कारण बारे बुझ्ने काम भईरहेको बताएका छन् । उनले स्थिति नियन्त्रणमा लिएर अहिले सबैलाई आ–आफ्नो ब्लकमा पठाइएको जानकारी दिएका छन् ।
कारण बारे हामीले अध्ययन गरिरहेका छौं, उपरीक्षक चिमरियाले भने–भित्रको अवस्था बुझ्दै छौं । घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।










Discussion about this post