• pradeshpoint
  • Pradeshpoint
Saturday, November 1, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

उच्च अदालतको आदेश विपरीत कोशी प्रदेश लोकसेवा आयोगद्वारा पदपूर्ति, कर्मचारी असन्तुष्ट

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ भदौ २ गते, ११:५४ बजे प्रकाशित
in FEATURE, खेल पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
उच्च अदालतको आदेश विपरीत कोशी प्रदेश लोकसेवा आयोगद्वारा पदपूर्ति, कर्मचारी असन्तुष्ट
9
SHARES
Share on FacebookShare on Twitter

 

विराटनगर । उच्च अदालत विराटनगरले २०८१ चैत २५ गते जारी गरेको फैसलाविपरीत कोशी प्रदेश लोकसेवा आयोगले कर्मचारी पदपूर्ति गर्न थालेको भन्दै मुद्दाका पक्षका कर्मचारीहरू असन्तुष्ट बनेका छन् । उनीहरूले प्रदेश लोकसेवा आयोगले अदालतको आदेशको अवहेलना गरेको र अदालतलाई अस्वीकार गरेको आरोप लगाएका हुन् ।

लोकसेवा आयोगले अधिकृत सातौँ तहको पदपूर्तिका लागि गरेको विज्ञापनमा पद सङ्ख्या निर्धारण गर्ने निर्णयलाई उच्च अदालतले बदर गरिदिएको थियो । उक्त निर्णय बदर गरेसँगै कोशी प्रदेश लोकसेवा आयोगले अधिकृत सातौँ तहका २२ पदका लागि ७६५ जनासँग चौथो चरणको लिखित परीक्षा लिइसके पनि अन्य परीक्षाको नतिजा प्रकाशित भएको थिएन ।

उच्च अदालतले ‘प्रदेश निजामती सेवा ऐन, २०७९’ को व्यवस्थाविपरीत लोकसेवा आयोगले विज्ञापन गर्दा रिक्त पद सङ्ख्याको आधारमा प्रतिशत गणना गरिएको भन्दै आयोगको निर्णय बदर गरेको थियो । अदालतले ऐनबमोजिम कुल दरबन्दीलाई आधार मानेर प्रतिशत पुनः निर्धारण गर्न २०८१ चैत २५ गते नै परमादेश जारी गरेको थियो ।

तर, आयोगले सर्वोच्चमा सोही विषय लिएर निवेदन दिएको छ । निवेदनमाथि छलफल हुने या नहुने भन्ने विषयको निर्णय दिनका लागि भदौ १३ गतेका लागि पेशी तोकिएको छ । अहिले अदालतले लोकसेवा आयोगलाई मुद्दा हालेको निस्सा समेत दिएको छैन । सर्वोच्चले १३ गते लोकसेवाको उक्त निवेदन दरपिठ गरेको अवस्थामा अहिले सिफारिस भइरहेका कर्मचारीको भविष्य अन्योल हुने देखिन्छ ।

यसअघि सर्वोच्चको आदेश नआएसम्मका लागि अन्तिम चरणको परीक्षाको रिजल्ट प्रकाशित गर्न नसकेको लोकसेवा आयोगका सूचना अधिकारी केदारनाथ अधिकारीले जानकारी दिएका थिए । उनले सर्वोच्चको आदेश आएपछि मात्रै नतिजा प्रकाशित हुने र कम्प्युटर परीक्षा र अन्तर्वार्ताको प्रक्रिया सुरु हुने बताएका थिए ।

कोशी प्रदेश सरकारले अधिकृत सातौँ तहमा रिक्त रहेका २२ पदका लागि पदपूर्ति गर्न लोकसेवा आयोगलाई माग पठाएको थियो । सोही आधारमा आयोगले असोज ३० गते विज्ञापन नं. ७३ (क), ७३ (ख) र ७५ अन्तर्गत ज्येष्ठता तथा कार्यसम्पादन, कार्यक्षमता, आन्तरिक र खुला प्रतिस्पर्धाका लागि सूचना प्रकाशित गरेको थियो ।

तर, प्रदेश प्रशासन सेवाको छैटौँ तहमा कार्यरत शान्तिराम रिमाललगायतका ८ जना कर्मचारीहरूले आयोगको उक्त विज्ञापन प्रक्रियामाथि चुनौती दिँदै उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उनीहरूको मुख्य जिकिर थियो– आयोगले ‘प्रदेश निजामती सेवा ऐन, २०७९’ को दफा १३६ मा भएको दोस्रो संशोधनको व्यवस्थालाई उल्लङ्घन गरेको छ ।

रिट निवेदकहरूका अनुसार, ऐनको दफा १३६ ले पदपूर्तिका लागि प्रतिशत गणना गर्दा ‘रिक्त पद’ लाई नभई ‘कुल दरबन्दी’ (९२ पद) लाई आधार मान्नुपर्ने व्यवस्था गरेको छ । तर आयोगले केवल रिक्त रहेका २२ पदलाई मात्र आधार मानेर प्रतिशत निर्धारण गर्दा बढुवामार्फत पदपूर्ति हुने पदहरूको सङ्ख्या घटेको र यसले आफ्नो वृत्ति विकासको हकमा प्रत्यक्ष असर परेको उनीहरूको दाबी थियो ।

आयोगले भने ऐनको कार्यान्वयनकै लागि निर्णय गरिएको र मुख्यमन्त्री कार्यालयबाट माग भई आएका २२ पदका आधारमा विज्ञापन गर्नु कानुनसम्मत भएको दाबी गरेको थियो । अदालतले भने आयोगले प्रतिशत निर्धारण गर्दा अपनाएको आधार कानुनसम्मत नदेखिएको ठहर गरेको छ । आदेशमा भनिएको छ, ‘प्रदेश निजामती सेवा ऐन २०७९ को संशोधित दफा १३६ ले प्रदान गरेको सुविधा र अवसरबाट निवेदकहरूलाई सङ्कुचित तुल्याइएको देखियो ।’

अदालतले प्रतिशत निर्धारण गर्ने आयोगको मिति २०८१ असोज १० गतेको निर्णयलाई उत्प्रेषणको आदेशले बदर गरेको छ । यद्यपि, निवेदन प्रक्रिया अघि बढिसकेकाले सम्पूर्ण विज्ञापन प्रक्रियालाई नै बदर गर्नु भने औचित्यपूर्ण नहुने अदालतको ठहर छ ।

अदालतले अब ऐनको दफा १३६ बमोजिम पहिलो पटक पदपूर्ति गर्दा कुल दरबन्दीलाई आधार मानी प्रतिशत पुनः निर्धारण गर्न, सोहीबमोजिम हालका विज्ञापनहरूमा पद सङ्ख्या समायोजन गरी बढुवाको प्रक्रिया अगाडि बढाउनू भनी विपक्षी लोकसेवा आयोगको नाममा परमादेशको आदेश जारी गरेको छ ।

कर्मचारीहरूले लोकसेवा आयोगको विज्ञापनमा त्रुटि भएको आरोप लगाएका छन् । उनीहरूका अनुसार, विज्ञापनले प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा १३६ लाई उल्लङ्घन गरेको छ । यो दफाले बढुवाका लागि २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गरेको छ । तर विज्ञापनमा त्यसलाई पालना नगरिएको उनीहरूको भनाइ छ । तीन चरणमा सम्पन्न भइसकेको परीक्षाको पहिलो चरणमा १ हजार २८५ जना उत्तीर्ण भएका थिए, तर अन्तिम परीक्षामा जम्मा ७६५ जनाले मात्र भाग लिए । कुल आवेदन दिनेहरूको सङ्ख्या २ हजार ४२१ रहेको थियो ।

तर, अहिले लोकसेवा आयोगले अदालतको आदेशको अवहेलना गर्दै धमाधम कर्मचारी सिफारिस गरिरहेको एक असन्तुष्ट कर्मचारी बताउँछन् । ‘आयोगले अदालतको फैसलालाई नमानी झुट बोलेर काम अघि बढाइरहेको छ । विज्ञापन नं. ७५, ७३, र ७३(ख) को प्रतिशत निर्धारण नै गलत भएकोले त्यो विज्ञापनअन्तर्गत कुनै पनि काम कारबाही गर्नु गैरकानुनी हो,’ उनले भने ।

उता, प्रदेश लोकसेवा आयोगकी सदस्य सजना दाहालले अदालतको आदेशले सबै प्रक्रिया नरोकिएको बताइन् । ‘मुद्दा परेको स्वास्थ्य र प्रशासन सेवाको काम मात्र रोकिएको छ,’ उनले भनिन्, ‘इन्जिनियरिङ लगायत अन्य सेवाको काम भने रोकिएको छैन र प्रक्रिया अगाडि बढिरहेको छ ।’ आयोगले अदालतको आदेशलाई पालना गर्ने उनले बताइन् ।

आयोगका प्रवक्ता तथा उपसचिव प्रकाश गुरुङले विवादमा परेको सेवा समूहको पदपूर्ति रोकिएको र विवाद नरहेको विषयको पदपूर्ति नरोकिएको जानकारी दिए । ‘जुन सेवा र समूहमा विवाद छैन तिनीहरूको पदपूर्ति प्रक्रिया अगाडि बढाउनु कानुनी रूपमा गलत नहुने आयोगले ठहर गरेको हो । त्यसका लागि मुख्य न्यायाधिवक्ताको रायसमेत लिएका छौँ,’ उनले भने । यसले अदालतको मानहानि नहुने र नियुक्ति भएकालाई भविष्यमा समस्या नपर्ने उनको विश्वास छ ।

उता, मुद्दा हाल्ने पक्षका कर्मचारीहरूले भने आयोगले प्रशासन र इन्जिनियरिङले मात्र मुद्दा हालेकोले अरूको प्रक्रिया अगाडि बढाउन मिल्छ भन्नु गलत भएको तर्क गरेका छन् । किनकि प्रतिशत निर्धारणको नियम सबै सेवाका लागि एउटै हुनुपर्ने उनीहरूको मान्यता छ । निजामती ऐनको दफा १३६ अनुसार २० प्रतिशत कोटा छुट्याउनुपर्नेमा त्यसो नगरिएकाले सबै प्रक्रिया नै गलत रहेको उनीहरूको तर्क छ ।

‘अदालतको आदेश विपरीत प्रदेश लोकसेवा आयोगबाट हाल अन्तिम नतिजा प्रकाशित गरी सिफारिस भएका र सिफारिसको चरणमा रहेका प्रदेश स्वास्थ्य सेवा, वन सेवा, कृषि सेवा, शिक्षा सेवासमेतका उम्मेदवारहरूको सिफारिस र नियुक्ति समेत कानुन विपरीत हो । यो बदर हुन सक्ने अवस्था देखिन्छ,’ एक कर्मचारी भन्छन्, ‘सम्पूर्ण सिफारिस र नियुक्त बदरको माग राखी पुनः मुद्दा दर्ता गर्ने हाम्रो तयारी छ ।’

Tags: अदालतकोआदेशआयोगद्वाराउच्चकर्मचारी असन्तुष्टकोशीपदपूर्तिप्रदेशलोकसेवाविपरीत

Related Posts

बेमौसमी वर्षाले किसानको पसिना बगायो : सुनसरीका धान र तरकारी खेती डुबानमा
FEATURE

बेमौसमी वर्षाले किसानको पसिना बगायो : सुनसरीका धान र तरकारी खेती डुबानमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक १५ गते, १६:३४ बजे प्रकाशित
0

इनरूवा । सुनसरीका किसान अहिले चिन्तित छन्। अविरल बेमौसमी वर्षाले खेतमा बाली मात्रै होइन, उनीहरूको वर्षभरको पसिना र आशा दुवै...

विद्यार्थी नेतामाथि आक्रमण — एनएसयू सुनसरीको कडा आपत्ति, कारबाहीको माग
FEATURE

विद्यार्थी नेतामाथि आक्रमण — एनएसयू सुनसरीको कडा आपत्ति, कारबाहीको माग

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक १४ गते, १७:३४ बजे प्रकाशित
0

सुनसरी । नेपाली कांग्रेस भाेक्राहा नरसिंह गाउँ कमिटीका सह सचिव तथा नेपाल विद्यार्थी संघ (नेवि संघ) जिल्ला कार्यसमिति सुनसरीले विद्यार्थी...

हरिनगरामा ट्रामाडोल ट्याब्लेटसहित दुई जना पक्राउ

हरिनगरामा ट्रामाडोल ट्याब्लेटसहित दुई जना पक्राउ

२०८२ कार्तिक १४ गते, १५:४८ बजे प्रकाशित
सुनसरी सीमामा ‘डग स्नाइपिड’ अभियान सुरु, लागुऔषध ओसारपसार नियन्त्रणमा प्रहरी कडाइ

सुनसरी सीमामा ‘डग स्नाइपिड’ अभियान सुरु, लागुऔषध ओसारपसार नियन्त्रणमा प्रहरी कडाइ

२०८२ कार्तिक १४ गते, ९:०८ बजे प्रकाशित
खराब मौसमले उडान अवरुद्ध, श्री एयरलाइन्स विराटनगरमै फर्कियो

खराब मौसमले उडान अवरुद्ध, श्री एयरलाइन्स विराटनगरमै फर्कियो

२०८२ कार्तिक १३ गते, १३:०० बजे प्रकाशित
देशका ४४ जिल्लामा भारी वर्षा र हिमपातको सम्भावना, प्राधिकरणले सतर्कता अपनाउन आग्रह

देशका ४४ जिल्लामा भारी वर्षा र हिमपातको सम्भावना, प्राधिकरणले सतर्कता अपनाउन आग्रह

२०८२ कार्तिक १३ गते, ११:५६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

बेमौसमी वर्षाले किसानको पसिना बगायो : सुनसरीका धान र तरकारी खेती डुबानमा

बेमौसमी वर्षाले किसानको पसिना बगायो : सुनसरीका धान र तरकारी खेती डुबानमा

२०८२ कार्तिक १५ गते, १६:३४ बजे प्रकाशित
विद्यार्थी नेतामाथि आक्रमण — एनएसयू सुनसरीको कडा आपत्ति, कारबाहीको माग

विद्यार्थी नेतामाथि आक्रमण — एनएसयू सुनसरीको कडा आपत्ति, कारबाहीको माग

२०८२ कार्तिक १४ गते, १७:३४ बजे प्रकाशित
हरिनगरामा ट्रामाडोल ट्याब्लेटसहित दुई जना पक्राउ

हरिनगरामा ट्रामाडोल ट्याब्लेटसहित दुई जना पक्राउ

२०८२ कार्तिक १४ गते, १५:४८ बजे प्रकाशित
सुनसरी सीमामा ‘डग स्नाइपिड’ अभियान सुरु, लागुऔषध ओसारपसार नियन्त्रणमा प्रहरी कडाइ

सुनसरी सीमामा ‘डग स्नाइपिड’ अभियान सुरु, लागुऔषध ओसारपसार नियन्त्रणमा प्रहरी कडाइ

२०८२ कार्तिक १४ गते, ९:०८ बजे प्रकाशित
खराब मौसमले उडान अवरुद्ध, श्री एयरलाइन्स विराटनगरमै फर्कियो

खराब मौसमले उडान अवरुद्ध, श्री एयरलाइन्स विराटनगरमै फर्कियो

२०८२ कार्तिक १३ गते, १३:०० बजे प्रकाशित
देशका ४४ जिल्लामा भारी वर्षा र हिमपातको सम्भावना, प्राधिकरणले सतर्कता अपनाउन आग्रह

देशका ४४ जिल्लामा भारी वर्षा र हिमपातको सम्भावना, प्राधिकरणले सतर्कता अपनाउन आग्रह

२०८२ कार्तिक १३ गते, ११:५६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1389 shares
    Share 556 Tweet 347
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    816 shares
    Share 326 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    785 shares
    Share 314 Tweet 196
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    763 shares
    Share 305 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    714 shares
    Share 286 Tweet 179
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist