• pradeshpoint
  • Pradeshpoint
Thursday, January 29, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

रंगेली क्षेत्रमा हाइना प्रवेशको आशंका, वन र प्रहरी सतर्क

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक २३ गते, १४:५१ बजे प्रकाशित
in FEATURE, मुख्य पाना
9
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । मोरङको रंगेली नगरपालिकासँग सीमा जोडिएको भारतीय भू–भागमा केहिदिनयता देखिँदै आएको हाइना (हुँडार) नेपालतर्फ प्रवेश गरेको आशंका गरिएको छ। यद्यपि हालसम्म सरकारी निकायले हाइनाको नेपाल प्रवेशको औपचारिक पुष्टि भने गर्न सकेका छैनन्।
मोरङको रंगेली नगरपालिका–५ आँपगाछी र ४ नम्बर वडाको धनपती क्षेत्रमा शनिबार साँझ स्थानीयहरूले हाइना देखिएको दाबी गरेपछि प्रहरी र वन कार्यालय सतर्क भएका हुन्। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नगेन्द्र बोगटीका अनुसार, राति सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुग्दा जनावर फेला परेको थिएन।
प्रहरी निरीक्षक बोगटीले भने, “डिभिजन वन कार्यालय मोरङले एक साताअघि नै सम्भावित प्रवेशबारे सचेत रहन अनुरोध गरेको थियो।” उनका अनुसार अहिले हाइनासम्बन्धी कतिपय हल्ला निराधार छन्। केही दिनअघि टकुवामा भएको भनिएको आक्रमणको घटनासमेत पुष्टि नभएको र सामाजिक सञ्जालमा फैलिएका तस्वीरहरू भारतीय भूभागका भएको बताए।
डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी राम लखन ठाकुरका अनुसार, हाइना सामान्यतया राति मात्रै देखा पर्न सक्ने भएकाले वन टोलीले निगरानी बढाएको छ। उनले भने, “स्थानीयबाट सूचना पाउनेबित्तिकै टोली पठाइन्छ, तर अहिलेसम्म हाइना देखिएको प्रमाण भेटिएको छैन।”
ठाकुरका अनुसार बाँसघारी र धानबालीले ढाकिएका क्षेत्रका कारण भारततर्फबाट नेपाल प्रवेशको सम्भावना भने अस्वीकार गर्न सकिँदैन। हाइनाको टाउको अग्लो र पछाडिको भाग होचो हुने, अगाडिका खुट्टा बलिया हुने र सामूहिक रूपमा शिकार गर्ने जनावरका रूपमा चिनिन्छ।
हालसम्म मोरङ क्षेत्रभित्र हाइनाले क्षति पुर्‍याएको वा मानिसमाथि आक्रमण गरेको कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन। वन र प्रहरी दुवै निकायले स्थानीयलाई अनावश्यक हल्लामा नफस्न र कुनै असामान्य जनावर देखिए तत्काल जानकारी दिन अनुरोध गरेका छन्।

Tags: आशंकाक्षेत्रमा हाइनाप्रवेशकोप्रहरी सतर्करंगेलीवन र

Related Posts

भ्रामक सूचना नियन्त्रण गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन
FEATURE

भ्रामक सूचना नियन्त्रण गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १५ गते, १५:१३ बजे प्रकाशित
0

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन राष्ट्रिय सूचना आयोगले सबै...

रंगेलीमा नक्कली नोटको सर्कुलन, दुई पक्राउ
FEATURE

रंगेलीमा नक्कली नोटको सर्कुलन, दुई पक्राउ

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १५ गते, १२:२१ बजे प्रकाशित
0

इनरुवा । मोरङको रंगेलीमा रेडबुल किन्दै सुरु भएको शंका प्रहरीसम्म पुग्दा नक्कली नोटको जालो खुलेको छ। एक हजारको जस्तो देखिने...

पहाडमा बादल र हल्का वर्षा, तराईका धेरै स्थानमा हुस्सुको सम्भावना

पहाडमा बादल र हल्का वर्षा, तराईका धेरै स्थानमा हुस्सुको सम्भावना

२०८२ माघ १५ गते, १२:०७ बजे प्रकाशित
विराटनगरमा सुन महँगियो, व्यापार सुस्तायो

विराटनगरमा सुन महँगियो, व्यापार सुस्तायो

२०८२ माघ १५ गते, ११:४२ बजे प्रकाशित
विराटनगरमा खसीको मासु २०० रुपैयाँले महँगियो

विराटनगरमा खसीको मासु २०० रुपैयाँले महँगियो

२०८२ माघ १३ गते, १८:५३ बजे प्रकाशित
ओखलढुंगामा फेरि दम्पती हत्या: एक महिनामै उस्तै प्रकृतिको दोस्रो घटना

ओखलढुंगामा फेरि दम्पती हत्या: एक महिनामै उस्तै प्रकृतिको दोस्रो घटना

२०८२ माघ १३ गते, १७:२० बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भ्रामक सूचना नियन्त्रण गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन

भ्रामक सूचना नियन्त्रण गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन

२०८२ माघ १५ गते, १५:१३ बजे प्रकाशित
रंगेलीमा नक्कली नोटको सर्कुलन, दुई पक्राउ

रंगेलीमा नक्कली नोटको सर्कुलन, दुई पक्राउ

२०८२ माघ १५ गते, १२:२१ बजे प्रकाशित
पहाडमा बादल र हल्का वर्षा, तराईका धेरै स्थानमा हुस्सुको सम्भावना

पहाडमा बादल र हल्का वर्षा, तराईका धेरै स्थानमा हुस्सुको सम्भावना

२०८२ माघ १५ गते, १२:०७ बजे प्रकाशित
विराटनगरमा सुन महँगियो, व्यापार सुस्तायो

विराटनगरमा सुन महँगियो, व्यापार सुस्तायो

२०८२ माघ १५ गते, ११:४२ बजे प्रकाशित
विराटनगरमा खसीको मासु २०० रुपैयाँले महँगियो

विराटनगरमा खसीको मासु २०० रुपैयाँले महँगियो

२०८२ माघ १३ गते, १८:५३ बजे प्रकाशित
ओखलढुंगामा फेरि दम्पती हत्या: एक महिनामै उस्तै प्रकृतिको दोस्रो घटना

ओखलढुंगामा फेरि दम्पती हत्या: एक महिनामै उस्तै प्रकृतिको दोस्रो घटना

२०८२ माघ १३ गते, १७:२० बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist