विराटनगर । मोरङको रंगेली नगरपालिकासँग सीमा जोडिएको भारतीय भू–भागमा केहिदिनयता देखिँदै आएको हाइना (हुँडार) नेपालतर्फ प्रवेश गरेको आशंका गरिएको छ। यद्यपि हालसम्म सरकारी निकायले हाइनाको नेपाल प्रवेशको औपचारिक पुष्टि भने गर्न सकेका छैनन्।
मोरङको रंगेली नगरपालिका–५ आँपगाछी र ४ नम्बर वडाको धनपती क्षेत्रमा शनिबार साँझ स्थानीयहरूले हाइना देखिएको दाबी गरेपछि प्रहरी र वन कार्यालय सतर्क भएका हुन्। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नगेन्द्र बोगटीका अनुसार, राति सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुग्दा जनावर फेला परेको थिएन।
प्रहरी निरीक्षक बोगटीले भने, “डिभिजन वन कार्यालय मोरङले एक साताअघि नै सम्भावित प्रवेशबारे सचेत रहन अनुरोध गरेको थियो।” उनका अनुसार अहिले हाइनासम्बन्धी कतिपय हल्ला निराधार छन्। केही दिनअघि टकुवामा भएको भनिएको आक्रमणको घटनासमेत पुष्टि नभएको र सामाजिक सञ्जालमा फैलिएका तस्वीरहरू भारतीय भूभागका भएको बताए।
डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी राम लखन ठाकुरका अनुसार, हाइना सामान्यतया राति मात्रै देखा पर्न सक्ने भएकाले वन टोलीले निगरानी बढाएको छ। उनले भने, “स्थानीयबाट सूचना पाउनेबित्तिकै टोली पठाइन्छ, तर अहिलेसम्म हाइना देखिएको प्रमाण भेटिएको छैन।”
ठाकुरका अनुसार बाँसघारी र धानबालीले ढाकिएका क्षेत्रका कारण भारततर्फबाट नेपाल प्रवेशको सम्भावना भने अस्वीकार गर्न सकिँदैन। हाइनाको टाउको अग्लो र पछाडिको भाग होचो हुने, अगाडिका खुट्टा बलिया हुने र सामूहिक रूपमा शिकार गर्ने जनावरका रूपमा चिनिन्छ।
हालसम्म मोरङ क्षेत्रभित्र हाइनाले क्षति पुर्याएको वा मानिसमाथि आक्रमण गरेको कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन। वन र प्रहरी दुवै निकायले स्थानीयलाई अनावश्यक हल्लामा नफस्न र कुनै असामान्य जनावर देखिए तत्काल जानकारी दिन अनुरोध गरेका छन्।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...









Discussion about this post