चिरौली । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्दै शुभकामना सन्देश जारी गरेका छन् ।
अध्यक्ष आजादले जारी गरेको सन्देशमा विक्रम संवतलाई नेपालको मौलिक पहिचान र गौरवसँग जोडिएको ऐतिहासिक संवतको रूपमा उल्लेख गर्दै यसले नेपाली सभ्यता, सामाजिक जीवन र परम्पराको प्रतिनिधित्व गर्ने बताएका छन् । नयाँ वर्षले विगतको समीक्षा गर्दै आगामी दिनका लागि नयाँ संकल्प र लक्ष्य निर्धारण गर्न प्रेरणा दिने उनको भनाइ छ ।
सन्देशमा संघीय गणतन्त्र र समावेशी लोकतन्त्रको माध्यमबाट मुलुक अघि बढिरहेको उल्लेख गर्दै विकास, सुशासन प्रवर्द्धन र प्रभावकारी सेवा प्रवाहमा सबैको भूमिका महत्वपूर्ण हुने अध्यक्ष आजादले बताएका छन् । उनले राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ एकताबद्ध भएर अघि बढ्न सबैलाई आग्रह गरेका छन् ।
अध्यक्ष आजादले नयाँ वर्ष २०८३ ले मुलुकमा दीगो शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आर्थिक विकास तथा समृद्धि हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
सन्देशको अन्त्यमा उनले सबै राजनीतिक दल, नेतृत्व, सरकार र नागरिकलाई लोकतान्त्रिक, न्यायपूर्ण तथा परिणाममुखी बन्न प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।











Discussion about this post