इनरुवा ।सुनसरीमा केहीदिनयता सडक दुर्घटनाले मानवीय तथा भौतिक क्षति निम्त्याउँने क्रम बढेको छ । सुनसरीको इनरुवा कोशी व्यारेज सडक खण्डमा दुर्घटना बढेकाले यात्रुहरु त्रसित बनेका छन् । इनरुवा, भोक्राहा नरसिंह, लौकही, जमुवा, कोशी कटान, हरिपुर र भाण्टाबारी लगायतका स्थानहरूमा पटक–पटक सडक दुर्घटना हुने गरेकाले सो बाटो भएर आवतजावत गर्ने यात्रुहरु त्रसित बनेका छन् ।
सोमबार मात्रै राजविराज विराटनगर चल्ने को १ ज ३१२४ नम्बरको माईक्रो दुर्घटनामा परेको छ । पूर्वबाट पश्चिम तर्फ जादै गरेको मोटरसाईललाई राजविराजबाट विराटनगर तर्फ आउदै गरेको को १ ज ३१२४ नम्बरको माईक्रो एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो । त्यसैगरी इनरुवा भोक्राहा सड्क खण्डमा ग १ क ८०४५ ट्रकले मोटरसाईकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । को १० प ३३६१ नम्बर मोटरसाईकलमा सवार युवाको मृत्यु भएको हो । उक्त दुर्घटनामा परी इनरुवा नगरपालिका २ का २८ वर्षिय श्यामसुन्दर यादवको घट्नास्थलमै मृत्यु भएको छ । इनरुवा ४ मा रहेको स्टार ग्यारेज अगाडी दुर्घटना भएको थियो । दुर्घटानामा परेको सवारी प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सडक दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने यहाँको अवस्था भयावह र कहाली लाग्दो छ । यसलाई नियन्त्रण गर्न भने कुनै ठोस कामहरू हुनसकेको छैन । एकातर्फ सागुरो सडक अर्कोतर्फ सवारीको चाप अत्याधिक तथा चालकको लापरबाहीका कारण पनि दुर्घटना हुने गरेको पाइएको छ । वार्षिक दर्जन बढी ठूला सवारी दुर्घटना भएका छन् । र्दजन बढीको ज्यान गएको छ । तीव्र गतिका कारण इनरुवा कोशी व्यारेजमा यात्रु बस सडक छेउमा खसेर दुर्घटान भएको थियो । यस्तै सुनसरीको खुनियाधारमा दुई सवारी चालकले बस र ट्रक नियन्त्रण गुमाएपछि ती दुर्घटनामा ४ जना यात्रुको ज्यान गएको थियो । दर्जनौं यात्रु घाइते भएका थिए ।
साउन १ गते सुनसरी इनरुवा नगरपालिका ३ मा दुई मोटरसाईकल बिच ठक्कर खाई दुर्घटना हुदाँ ४ जना सामान्य घाईते भए । इनरुवा नपा ३ वडा कार्यालय अगाडी प्रर्ब पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको को २७ प ७०९२ नं को मोटरसाईकल र शाखा सडकबाट निस्कि सडक क्रस गर्दै गरेको को ३९ प ८११७ नं को मोसा एकआफसमा ठक्कर लागि दुर्घटना हुदा ८११७ नं को मोटरसाईकल चालक .सुनसरीको इनरुवा नपा ८ कंसमडानका २१ वर्षिय मोहमद आस्थाब मियाँ, पछाडी सवार ३८ वर्षिया बरुण खातुन, चालकको छोरा १५ महिनाको महमद अब्दुल्हा नाकमा चोट लागि सामान्य घाइते भइ उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाएको थियो । सोहि मोटरसाईकलमा सवार निजकै छोरा ३ वर्षिय मोहमद अहमद मियाँ हातमा चोट लागि घाइते भइ उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाएको थियो । त्यसैगरी ७०९२ नं को मोटरसाईकलका चालक इनरुवा ८ का २८ वर्षिय सन्तोष कुमार महतो र दुबै मोटरसाईकल प्रहरी चौकी सखुवागाछीको नियन्त्रणमा रहेको छ ।
सोही दिन सुनसरीको भोक्राहा नरसिंहमा मारुतिको चक्का खुस्किदा १ जना घाईते भएको छ । सुनसरी भोक्राहा नर्सिङ गाउँपालिका–६ ईजरायल कामत स्थित फुलचोक– बिराटनगर पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको स १ च १४९७ नम्बरको मारुतीको पछाडि पट्टि बाया साईडको चक्का अचानक फुस्किदा पैदलयात्री घाईते भएको छ । घटनामा ४० वर्षिय नरिवन अन्सारीलाई लागि सामान्य घाईते भएको हो । घाईतेलाई जिल्ला अस्पताल इनरुवा पठाइएकोमा थप उपचारको लागि विराटनगर नर्सिङ विराटनगर पठाइएको छ ।
Discussion about this post