• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

इनरुवा कोशी व्यारेज खण्डमा बढ्यो दुर्घटना, फेरी एक युवाको मृत्यु

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ साउन ३ गते, १९:४६ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
नेकपा एमालेको चुनाव प्रचारप्रसारमा गएका किशोरकाे मृत्यु
14
SHARES
Share on FacebookShare on Twitter

इनरुवा ।सुनसरीमा केहीदिनयता सडक दुर्घटनाले मानवीय तथा भौतिक क्षति निम्त्याउँने क्रम बढेको छ । सुनसरीको इनरुवा कोशी व्यारेज सडक खण्डमा दुर्घटना बढेकाले यात्रुहरु त्रसित बनेका छन् । इनरुवा, भोक्राहा नरसिंह, लौकही, जमुवा, कोशी कटान, हरिपुर र भाण्टाबारी लगायतका स्थानहरूमा पटक–पटक सडक दुर्घटना हुने गरेकाले सो बाटो भएर आवतजावत गर्ने यात्रुहरु त्रसित बनेका छन् ।
सोमबार मात्रै राजविराज विराटनगर चल्ने को १ ज ३१२४ नम्बरको माईक्रो दुर्घटनामा परेको छ । पूर्वबाट पश्चिम तर्फ जादै गरेको मोटरसाईललाई राजविराजबाट विराटनगर तर्फ आउदै गरेको को १ ज ३१२४ नम्बरको माईक्रो एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो । त्यसैगरी इनरुवा भोक्राहा सड्क खण्डमा ग १ क ८०४५ ट्रकले मोटरसाईकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । को १० प ३३६१ नम्बर मोटरसाईकलमा सवार युवाको मृत्यु भएको हो । उक्त दुर्घटनामा परी इनरुवा नगरपालिका २ का २८ वर्षिय श्यामसुन्दर यादवको घट्नास्थलमै मृत्यु भएको छ । इनरुवा ४ मा रहेको स्टार ग्यारेज अगाडी दुर्घटना भएको थियो । दुर्घटानामा परेको सवारी प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सडक दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने यहाँको अवस्था भयावह र कहाली लाग्दो छ । यसलाई नियन्त्रण गर्न भने कुनै ठोस कामहरू हुनसकेको छैन । एकातर्फ सागुरो सडक अर्कोतर्फ सवारीको चाप अत्याधिक तथा चालकको लापरबाहीका कारण पनि दुर्घटना हुने गरेको पाइएको छ । वार्षिक दर्जन बढी ठूला सवारी दुर्घटना भएका छन् । र्दजन बढीको ज्यान गएको छ । तीव्र गतिका कारण इनरुवा कोशी व्यारेजमा यात्रु बस सडक छेउमा खसेर दुर्घटान भएको थियो । यस्तै सुनसरीको खुनियाधारमा दुई सवारी चालकले बस र ट्रक नियन्त्रण गुमाएपछि ती दुर्घटनामा ४ जना यात्रुको ज्यान गएको थियो । दर्जनौं यात्रु घाइते भएका थिए ।
साउन १ गते सुनसरी इनरुवा नगरपालिका ३ मा दुई मोटरसाईकल बिच ठक्कर खाई दुर्घटना हुदाँ ४ जना सामान्य घाईते भए । इनरुवा नपा ३ वडा कार्यालय अगाडी प्रर्ब पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको को २७ प ७०९२ नं को मोटरसाईकल र शाखा सडकबाट निस्कि सडक क्रस गर्दै गरेको को ३९ प ८११७ नं को मोसा एकआफसमा ठक्कर लागि दुर्घटना हुदा ८११७ नं को मोटरसाईकल चालक .सुनसरीको इनरुवा नपा ८ कंसमडानका २१ वर्षिय मोहमद आस्थाब मियाँ, पछाडी सवार ३८ वर्षिया बरुण खातुन, चालकको छोरा १५ महिनाको महमद अब्दुल्हा नाकमा चोट लागि सामान्य घाइते भइ उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाएको थियो । सोहि मोटरसाईकलमा सवार निजकै छोरा ३ वर्षिय मोहमद अहमद मियाँ हातमा चोट लागि घाइते भइ उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाएको थियो । त्यसैगरी ७०९२ नं को मोटरसाईकलका चालक इनरुवा ८ का २८ वर्षिय सन्तोष कुमार महतो र दुबै मोटरसाईकल प्रहरी चौकी सखुवागाछीको नियन्त्रणमा रहेको छ ।
सोही दिन सुनसरीको भोक्राहा नरसिंहमा मारुतिको चक्का खुस्किदा १ जना घाईते भएको छ । सुनसरी भोक्राहा नर्सिङ गाउँपालिका–६ ईजरायल कामत स्थित फुलचोक– बिराटनगर पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको स १ च १४९७ नम्बरको मारुतीको पछाडि पट्टि बाया साईडको चक्का अचानक फुस्किदा पैदलयात्री घाईते भएको छ । घटनामा ४० वर्षिय नरिवन अन्सारीलाई लागि सामान्य घाईते भएको हो । घाईतेलाई जिल्ला अस्पताल इनरुवा पठाइएकोमा थप उपचारको लागि विराटनगर नर्सिङ विराटनगर पठाइएको छ ।

Tags: इनरुवा कोशी व्यारेज खण्डमा बढ्योएक युवाकोदुर्घटनाफेरीमृत्यु

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist