इनरुवा । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहले वर्षोदेखी मासु खान पल्केका स्याल भने झैँ कमिसन खान पल्केको स्थानीयहरुले आरोप लगाएका छन् ।
यो समाचारमा उल्लेखित शब्द मासु खान पल्केका स्याल भनेको एउटा उदाहरण मात्र हो तर पशुले मासु खान पल्किन्छ भने मानव जातका केही पशुले कमिशन खान पल्केको स्थानीय किसानहरुको आरोप छ ।
कमिसनमा लिप्त भएका कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख सिंहले गत आर्थिक वर्षमा विभिन्न १९ वटा शिर्षकमा १९ समुह तथा सहकारीहरुबाट लाखौँ रुपैयाँको कमिसन उठाएको समाचार स्रोतले दाबी गरेको छ ।
सिंहले जसले जति धेरै कमिसन दियो उसलाई त्यति नै धेरै कार्यक्रम र बजेट दिएको स्थानीय कृषक समुहको सदस्यहरुको आरोप रहेको छ ।
ज्ञान केन्द्रबाट वितरण गरिएको मकैको बिउ देखी बोरिंग सम्मको कार्यक्रममा कमिशन लिएको एक कृषक समुहका सदस्यले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन्।
सिंहले कागती मिसन कार्यक्रम, मकै मिसन कार्यक्रम, मागमा आधारीत कार्यक्रम, माटो परिक्षण ल्याव स्थाप्ना सहितका दर्जनौँ शिर्षकमा कार्यालय प्रमुख हुँदा र तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा अधिकृतको रुपमा कार्यरक्त रहेको बखत समेत लाखौँ रुपैँयाको अनियमितता गरेको किसानहरुको आरोप छ ।तत्कालिन अवस्थामा प्रकाशपुर गाविसमा मेज मिसन कार्यक्रममा अनियमितता गरेको भन्दै अनुगमनमा गएको बेला सिंह माथी कमिसनको विषयलाई लिएर किसानहरुले आक्रमनको प्रयास समेत गरेको थियो ।
सिंहले सुनसरीलाई नै पटक पटक रोज्नु कमिसन मात्रै एउटा राज भएको असल किसानहरुले बताएका छन् ।
किसानहरुलाई भन्दा कृषिको नाममा मागी खाने भाडोको रुपमा बनाएको फर्म, समुह र सहकारीहरुका दलालहरुबाट कमिसन लिदैँ कार्यक्रम दिदैँ आएकाले सिंह निकै आलोचित पात्र बनेका छन् ।
सिंहले कमिसन लिएर मात्र काम गर्नुको अर्थ उनले पनि माथि कमिसन वा भेटी चढाएर सुनसरी आएको हुन् सक्ने किसानको आरोप छ ।
केही किसानले भने समान्य तलब भात्ताबाट कमाएको भन्दा निकै धेरै आर्थिक आर्जन गरेर बिराटनगरमा समेत घर जग्गा जोडेकाले उनीमाथी सम्पती शुद्धिकरण आयोग र राष्ट्रिय सर्तकर्ता केन्द्र तथा अख्तियार दुरुपयोग अनुसान्धान आयोगले छानबिन गरी कारवाही गर्नुपर्ने माग गरेका छन् ।
यता कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहलाई ९८५२०६५१२४ मा यर्थात के हो भनेर प्रतिकृया लिन खोज्दा फोन उठाएनन् ।
Discussion about this post