इनरूवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री आदर्श आधारभूत विद्यालयमा सरस्वती पुजाकाे अवसरमा सम्मान कार्यक्रम गरेका छन् ।आदर्श आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशप्रसाद यादवले सम्मान कार्यक्रमकाे आयाेजना गरि संस्थापक अध्यक्ष तथा पूर्व विद्यालय समितिका अध्यक्षहरूलाई सम्मान गरिएको हाे ।सम्मान कार्यक्रममा संस्थापक अध्यक्ष रामनारायण यादव, पूर्व अध्यक्षहरू बच्चालाल यादव, भाेला यादव, बलराम यादव, उपेन्द्र यादव, नारायण यादव र भागवत यादव सहित ७ जनालाई सरस्वती पुजाकाे अवसरमा फुलमाला, दाेसल्ला, अबिर र सम्मान पत्र सहित सम्मान गरेका छन् ।
Discussion about this post