चिराैली । सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिकामा प्रदेश नं. १ स्तरीय दोस्रो एथलेटिक्स खेलकुद प्रतियोगिता, १३ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकूद तथा अध्यक्ष कप प्रतियोगिता सम्पन्न भएको छ।
६ दिन सम्म १३ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकूद तथा अध्यक्ष कप प्रतियोगिता एवं तिन दिन सम्म संचालन भएको नं. १ स्तरीय दोस्रो एथलेटिक्स खेलकुद प्रतियोगिता बुधबार एक कार्यक्रमकाबीच प्रदेश सभा सदस्य हाजी इस्राईल मंसुरीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियोे।
प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि एंव प्रदेश सभा सदस्य मंसुरीले खेलकुद क्षेत्रको विकासका लागि सुनसरी जिल्लाका सबै स्थानीय तहले बजेट व्यवस्थापन गरी लगानी बढाउनुपर्ने बताए ।
खेलकुदको माध्यमबाट सुनसरी जिल्लाको पहिचान गराउन खेलाडीहरूले खुलेर प्रतिस्पर्धा गर्नुपर्ने र आफ्नो छुट्टै पहिचान देखाउनु पर्ने उनले बताए । खेलकुदको माध्यमबाट पहिचान गराउन उत्कृष्ट खेलाडीलाई छनोट गर्नुपर्ने प्रदेशसभा सदस्य मंसुरीले बताए ।हरिनगर गाउँपालिका अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको प्रतियोगितामा सुनसरीले ८ स्वर्ण, ९ रजत र ३ काश्य सहित २० पदकका साथ पहिलो भएको छ भने ६ स्वर्ण, ७ रजत र ४ काश्य सहित १७ पदकका साथ झापा दोस्रो त्यस्तै ६ स्वर्ण, ६ रजत र १० काश्य सहित २२ पदकका साथ उदयपुर तेस्रो भएको छ।
तीन दिनसम्म चलेको नं. १ स्तरीय दोस्रो एथलेटिक्स खेलकुद प्रतियोगितामा प्रदेश नं. १ को ६ जिल्लाको खेलाडीहरु सहभागी भएको थियो ।
हरिनगर गाउँपालिका हाजी गफार अन्सारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभा सदस्य सदानन्द मण्डल, अतिथिहरुमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे , हरिनगर गाउँपालिका उपाध्यक्ष रिमझिम कुमारी भगत , सबै वडाका वडा अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापकहरु, शिक्षक, शिक्षिका, बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु , सुरक्षा निकायका प्रमुखहरु , पत्रकारहरु लगायत बिद्यार्थिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विजेताहरुलाई प्रमाणपत्र सहित मेडल तथा पुरस्कार प्रदान गरिएको थियो । अतिथिहरुलाई आयोजकका तर्फबाट मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो भने कार्यक्रममा विद्यार्थीहरुले नृत्य समेत प्रदर्शन गरेको थियो ।
Discussion about this post