इनरुवा । सुनसरी जिल्लाको १२ वटै स्थानीय तहहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले आफ्नोे सकृयता बढाएको छ ।
आज साेही क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनसरीको बर्जु गाउँपालिकामा कार्यरत इन्जिनियर अजय मेहतालाई २० हजार घुस सहित पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता भोला दाहालका अनुसार घर नक्सा पासको लागि सेवाग्राहीबाट घुस लिएको अवस्थामा मेहतालाई पक्राउ गरिएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई मोरङको विराटनगर महानगरपालिकास्थित पुलचोकबाट सोमबार नियन्त्रणमा लिएको हो । घरको नापनक्सा पास गरिदिने भन्दै सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस रकम लिएका मेहता घुससहित पक्राउ परेका हुन् । घुससहित पक्राउ परेका मेहतालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रवक्ता दाहालले जानकारी दिए । सुनसरीको देवानगञ्ज वडा नम्वर ७ घर भएका मेहता छैटौँ तहका कर्मचारी हुन् ।
Discussion about this post