इनरुवा । सुनसरी जिल्लाको १२ वटै स्थानीय तहहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले आफ्नोे सकृयता बढाएको छ ।
आज साेही क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनसरीको बर्जु गाउँपालिकामा कार्यरत इन्जिनियर अजय मेहतालाई २० हजार घुस सहित पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता भोला दाहालका अनुसार घर नक्सा पासको लागि सेवाग्राहीबाट घुस लिएको अवस्थामा मेहतालाई पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई मोरङको विराटनगर महानगरपालिकास्थित पुलचोकबाट सोमबार नियन्त्रणमा लिएको हो । घरको नापनक्सा पास गरिदिने भन्दै सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस रकम लिएका मेहता घुससहित पक्राउ परेका हुन् । घुससहित पक्राउ परेका मेहतालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रवक्ता दाहालले जानकारी दिए । सुनसरीको देवानगञ्ज वडा नम्वर ७ घर भएका मेहता छैटौँ तहका कर्मचारी हुन् ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post