इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले पिडित परिवारलाई निरन्तर सहयोग गर्दै आएका छन् ।
जनप्रेमी अध्यक्ष अजमल अख्तर आजादले निर्वाचित भएदेखि गरिव, विपन्न तथा सुकुम्बासी परिवारहरूलाई निरन्तर सहयाेग गर्दै आएकाे भाेकाहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का स्थानीय पंकज यादवले बताए ।
स्थानीय यादवका अनुसार पालिका अध्यक्ष अजमल अख्तर आजादकाे पछिल्लो परिवारिक इतिहास राजनीतिक रहेको कारण जनताको सुखदुःखकाे बारेमा अनुभवी भएको कारण पिडामा परेका हरेक परिवारको कुरा सुन्ने गरेको बताए ।त्यस्तै आज बिहीबार भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले मृतक परिवारको घरमै पुगेर खाध्यन्न सामग्री हस्तान्तरण गरेको छ ।
उनले भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का अति विपन्न परिवारका मृतक परिवारलाई खाध्यन्न सामग्री हस्तान्तरण गरेको हाे ।
पालिका अध्यक्ष अजमल अख्तर आजादले बिहीबार भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का मृतक झमेली यादवकाे परिवारलाई चामल, दाल, तेल, नुन, भुजा र पानी लगायतका खाध्यन्न सामग्री हस्तान्तरण गरिएको नेपाली काग्रेंस भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का सभापति काैशल मण्डलले जानकारी दिए ।
Discussion about this post