इनरुवा । इनरुवा नगरक्षेत्रमा रहेका निजी संस्थागत विद्यालयबाट सरकारी विद्यालयमा अंग्रेजी माध्यममा अध्ययन गर्न गएका विद्यार्थी मध्ये पचास प्रतिशत बढी विद्यार्थी प्रवेश परिक्षामै अनुतिर्ण भएको पाइएको छ ।
इनरुवा नगरपालिका क्षेत्रमा रहेका अंग्रेजी माध्यमबाट पठनपाठन थालेका सरकारी सामुदायिक विद्यालयमा २०८१ सालको नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान सुरु भएसँगै अंग्रेजी माध्यममा भर्ना हुन आएका निजी विद्यालयका पचास प्रतिशतभन्दा बढी विद्यार्थी अनुतिर्ण भएका हुन ।
शारदा माध्यामिक विद्यालय इनरुवा ५ बलाहाका प्रधानअध्यापक तिर्थराज भट्टराईका अनुसार नयाँ शैक्षिक सत्रमा भर्ना हुन आएका विद्यार्थी मध्ये ८० प्रतिशतभन्दा बढी निजी संस्थागत विद्यालयबाट आएका छन ।
प्रधानअध्यापक भट्टराईले कक्षा ६ देखि ९ सम्म भर्ना हुन आवेदन दिएका २ सय जना विद्यार्थीको प्रवेश परिक्षा लिएकोमा परिक्षा दिने मध्ये आधा १ सयजना मात्रै उतिर्ण भएको बताए ।
उनले भने, ‘प्रवेश परिक्षा दिएका निजी संस्थागत विद्यालयमा अध्यय्न गरेर शारदा माविमा अंग्रेजी माध्यममा अध्ययन गर्न आएका ८० प्रतिशत विद्यार्थीको शैक्षिक अवश्था एकदमै कमजोर रहेको प्रवेश परिक्षाको उत्तरपुस्तीका परिक्षणका क्रममा देखियो ।’
परिक्षामा उतिर्ण भएका पचास प्रतिशत विद्यार्थी पनि न्युन अंक मात्रै ल्याएर उतिर्ण भएको प्रधानअध्यापक भट्टराईले जनाएका छन ।
यसैगरि बालमन्दिर माध्यामिक विद्यालयका प्रधानअध्यापक सत्यनारायण मेहताका अनुसार नयाँ शैक्षिक सत्रमा अंग्रेजी माध्यमबाट भर्ना हुन आउने विद्यार्थीको संख्या अत्यधिक रहेकाले आएका सवै विद्यार्थी भर्ना गरेर विद्यालयमा पठनपाठन गराउन नसकिने अवश्था रहेको छ ।
मेहताले भने, ‘विद्यालयमा आएका ५ सय विद्यार्थीमध्ये विद्यालयले तयार गरेको विद्यार्थी परिक्षण सूची (चेकलिष्ट) भरेका ५० जनाले मात्रै भर्ना योग्य भेटिएका छन ।’
निजी विद्यालय छाडेर सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट अध्ययन गर्न आउने विद्यार्थीको संख्या बढ्दो रहेकाले यस वर्ष १ सय जनाभन्दा बढी भर्ना गर्न नसकिने अवश्था रहेको प्रधानअध्यापक मेहताले बताए ।
उनले भने, ‘कक्षाकोठाको अभाव, शिक्षक दरवन्दी नभएको, भौतिक पूर्वाधारको समस्यालगायतले भर्ना हुन आएका सवै विद्यार्थीलाई भर्ना गरेर विद्यालयमा पठनपाठन गराउन बालमन्दिर माविमा समस्या हुने अवश्था रहेको छ ।’
इनरुवा ६ मधेशामा रहेका जनता माविका शिक्षक चिरञ्जीवी रेग्मीका अनुसार अंग्रेजी माध्यमबाट अध्ययन गर्न विद्यार्थी आउने क्रम सुरु भएकाले पहिलो चरणमा ४० जना विभिन्न कक्षामा भर्ना भएका छन ।
उनले भने, ‘निजी विद्यालयबाट उर्तिण भएका विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र ल्याएपछि मात्रै भर्ना लिने विद्यालयको नीति रहेकाले भर्ना अभियान सुरुवात मात्रै भएको छ ।’
शारदा माविका विद्यालय व्यवश्थापन समितिका अध्यक्ष खेमराज पोखरेलले विद्यालयमा अंग्रेजी माध्यमबाट पढन नयाँ विद्यार्थी भर्ना हुन आउनेको संख्या हेर्दा विद्यालयको भौतिक साधन स्रोत र जनशक्तिले सकेसम्म भर्ना लिने बताए।
उनले भने, ‘अघिल्लो वर्षका विद्यार्थीको संख्याअनुसार चारवटासम्म सेक्सनमा राखेर अध्ययन गराउँदै आएकाले यसपालीको नयाँ विद्यार्थी भर्ना लिदा कक्षागत संख्याका आधारमा अवश्था हेरेर लिनेछौ ।’
पोखरेलले एउटा सेक्सनमा ४० देखि ५० जना विद्यार्थी अध्ययन गराउन सकिने मापदण्डअनुसार कक्षागत विद्यार्थीको संख्या निर्धारण गरेर भर्ना लिने अवश्था रहेपनि नगरपालिकाले जनशक्ति थपका लागि सहयोग गरेको खण्डमा आउने सवै विद्यार्थीलाई सहजरुपै अध्यय्न अध्यापन गराउन सकिने गरि विद्यालयले तयारी गरेको बताए ।
Discussion about this post