• pradeshpoint
  • Pradeshpoint
Wednesday, May 13, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कमजोरी लुकाउन ‘डिपफेक’ को सहारा, झनै आलोचना

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ चैत्र २५ गते, १२:३२ बजे प्रकाशित
in FEATURE, अन्तरवार्ता, अपराध खबर, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
कमजोरी लुकाउन ‘डिपफेक’ को सहारा, झनै आलोचना
15
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । चैत १५ मा व्यवस्था उल्टाउने भन्दै प्रदर्शनमा उत्रिएका पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थहरूको प्रदर्शनस्थल तीनकुनेमा अचानक राष्ट्रिय गानको धुन सुनियो । राष्ट्रिय गान बज्न थालेपछि सुरक्षाकर्मीहरूले प्रहार गरेको अश्रुग्याँस मञ्चमा खस्यो ।

मञ्च नजिकै आगजनी गरिएको घरबाट प्रहरीले अश्रुग्याँस प्रहार गरेको आरोप प्रदर्शनकारीहरूको छ । तर, घरबाट नभए पनि मञ्चमा अश्रुग्याँस प्रहार गरेकोबारे फिल्डमा खटिएका अधिकृतहरूको बिचमा दुई मत छैन ।

तीनकुनेको प्रदर्शनमा २ जनाको मृत्यु भएको पाँच दिनपछि पत्रकार सम्मेलन गरेर प्रहरी प्रवक्ता (डीआईजी) दिनेश आचार्यले भने, ‘राष्ट्रिय गान बजेको अवस्थामा अश्रुग्याँस प्रहार गरेको देखिने ‘डिपफेक’ भिडियो बनाएर दुष्प्रचार गरियो ।’ एआईको मद्दतले ‘इडिट’ गरेर तयार गरिएको कुनै पनि भिडियोलाई ‘डिपफेक’ भनिन्छ ।
प्रहरीले आफ्नो कमजोरी लुकाउन मञ्चमा नसुनिएको राष्ट्रिय गानको धुन राखेर अश्रुग्याँस खसेको जस्तो देखिने भिडियो बनाएर प्रचार गरेको जिकिर गरेको छ । तर, त्यस दिन मञ्चमै खटिएका सादा पोसाकका एक जना जुनियर प्रहरी अधिकृत भन्छन्, ‘अराजक भिड नियन्त्रण गर्ने क्रममा मञ्चमा अश्रुग्याँस प्रहार गरेपछि सभा बिथोलियो । त्यसपछि, प्रदर्शनकारी थप तोडफोडमा उत्रिएका हुन् ।’

मञ्चमा राष्ट्रिय गान बजेको कुरा उपाध्यक्ष रवीन्द्र मिश्रले पनि हिरासतमा प्रहरी अधिकृतहरूसँग स्वीकार गरेका छन् । राष्ट्रिय गान बज्न थालेपछि प्रहार गरिएको अश्रुग्याँसका कारण मिश्रले नै नवराज सुवेदीलाई मञ्चबाट ओरालेर सुरक्षित स्थलमा पठाएका थिए ।

सामाजिक सञ्जालमा अपलोड भएका थुप्रै भिडियोले मिश्रको दाबीलाई पुष्टि गर्छ । त्यसपछि राप्रपाका महामन्त्री धवलशमशेर जबरा र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’का संयोजक दुर्गा प्रसाईँ त्यहाँबाट मञ्च छाडेर हिँडेको भिडियोमा देखिन्छ । त्यसबेला मञ्चमै रहेका प्रत्यक्षदर्शीहरूले पनि सो तथ्यलाई स्वीकार गरेका छन् ।
पत्रकार सुरेश रजकले भिडियो खिचेको र पछि आगजनी गरिएको घरबाट अश्रुग्याँस प्रहार गरिएको आरोप चाहिँ फिल्डमा खटिएका अधिकृतहरू पनि अस्वीकार गर्छन् । भिड नियन्त्रणमा खटिएका एक जना अधिकृतले भने, ‘घरबाट अश्रुग्याँस प्रहार गरेको होइन तर, मञ्च नजिकै खटिएकाहरूले ग्याँस गनबाट प्रहार गरेको अश्रुग्याँस मञ्चमा गएर खस्यो ।’

अश्रुग्याँस माथितिर ताकेर तल खस्ने गरी हानिने अधिकृतहरू बताउँछन् । डीआईजी आचार्य पनि सो कुरालाई पुष्टि गर्दै भन्छन्, ‘यता हान्दा टियर ग्याँस त्यहाँ मञ्चमा पुगेको हो, घरमा प्रहरी हुने कुरा भएन ।’ तर, प्रहरीले आफ्नो कमजोरी लुकाउन राष्ट्रिय गान नै नबजेको जिकिर गर्दै आएको छ ।

तीनकुनेमा १२ बजेर ५० मिनेटमा प्रहरीले पहिलो पटक अश्रुग्याँस प्रहार गरेको थियो । दुर्गा प्रसाईँले १ बजेर २३ मिनेटमा घेरो तोडेपछि प्रदर्शन थप अनियन्त्रित बनेको प्रहरीको निष्कर्ष छ । भिड नियन्त्रण गर्न प्रहरीले त्यस दिन ७४६ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले २ बजेर ५४ मिनेटमा गोली चलाएको थियो । प्रहरीको तर्फबाट ८१ वटा जंगी राउण्ड र २ राउण्ड पेस्तोलबाट फायर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

सुरुदेखि नै माहौल बिथोल्ने सन्तोष र पशुपति

दुर्गा प्रसाईँ तीनकुने पुग्नुअघि नै सन्तोष राजावादी र पशुपति खड्काले प्रदर्शन स्थलमा ‘भिडन्त’ सुरु गरेको प्रहरीको विश्लेषण छ । खड्का शाही युवा शक्ति नेपालका अध्यक्ष हुन् ।

सन्तोष राजावादी र पशुपति खड्काले नेतृत्व गरेको समूहले सुरुमै बागमती पुलमा पुगेर मुठभेड थालेको अधिकृतहरू बताउँछन् । दुर्गा प्रसाईँ तीनकुने पुग्दा प्रहरीले खड्का र सन्तोषको समूहलाई अश्रुग्याँस प्रहार गर्नुपर्ने अवस्था आइसकेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृत भन्छन्, ‘त्यस दिन सुरुदेखि नै सन्तोष राजावादी र पशुपति खड्काले भिडन्त सुरु गरेका हुन् ।’

मध्यान्ह २ बजेर ५ मिनेटमा प्रहरीको एउटा समूहलाई ट्रयापमा पारेर आक्रमण गरिएको डीआईजी आचार्यले बताए । उनले भने, ‘प्रहरीको एउटा समूहलाई इँटा हानेर ज्यान लिन खोजेको अवस्था थियो तर, प्रहरी संयम भएको छ ।’

पूर्वराजा समर्थहरूले २ बजेर २१ मिनेटमा आगजनी सुरु गरेका थिए । आगजनी गरिएको ठाउँमा २ बजेर २५ मिनेटमा प्रहरी र सशस्त्रको वाटर क्यानन र दमकल पुग्दा तोडफोड गरिएको डीआईजी आचार्यले बताए ।

मञ्चबाट ‘नेताको घरदैलो जलाउने कार्यक्रम गर्नुपर्छ’ भनेर माइकिङ गरेको र प्रसाईँले ‘हामी संसद् भवन र एयरपोर्ट कब्जा गर्छौँ’ भनेपछि स्थिति नियन्त्रण बाहिर गएको प्रहरीको छानबिनको निष्कर्ष छ ।’

रवीन्द्र मिश्रले पनि त्यस दिन भनेका थिए,‘अगाडि बढ्नोस्, परपर बसेर हेर्ने होइन । यहाँ बसेर गर्ने होइन अगाडि हिँड्नोस् ।’

Tags: ‘डिपफेक’कमजोरीको सहाराझनै आलोचनालुकाउन

Related Posts

FEATURE

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ३० गते, २१:०५ बजे प्रकाशित
0

काठमाडौं । संविधान संशोधनका विषयमा छलफल गर्न गठित कार्यदलको बैठकमा जेन्जी आन्दोलनका अगुवा युवाहरूलाई नबोलाइएको भन्दै आलोचना सुरु भएको छ।...

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
FEATURE

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २७ गते, १९:०४ बजे प्रकाशित
0

इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

२०८३ बैशाख ३० गते, २१:०५ बजे प्रकाशित
आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

२०८३ बैशाख २७ गते, १९:०४ बजे प्रकाशित
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist