इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ ।
साधारणसभामा सचिव शोभा कालाखेती दाहालको साङ्गठानिक प्रतिवेदन, कोषाध्यक्ष निर्मला बास्तोला कट्टेलको आर्थिक प्रतिवेदन पारितसँगै आसपासका टोल विकास संस्थासँगको सीमा क्लियर गर्ने निर्णय गरेको छ ।
संस्थाका अध्यक्ष नगेन्द्रप्रसाद रोइलाको अध्यक्षतामा भएको साधारणसभामा इटहरी वडा नं. १ का वडाध्यक्ष कैलाश कार्की (रतन) ले टोल विकास संस्थाले उदाहरणीय कार्य गर्दै आएको बताए । उनले टोल विकास संस्थाका पदाधिकारी टोलको विकासका निम्ति समर्पित भएर लागि परेको बताए । कार्यक्रममा टोल विकास संस्थाका गतिविधीसँगै आदर्श टोल प्रवेश मार्गमा सिसि क्यामेरा जडान गर्न सहयोग गर्ने दाता र निवर्तमान कार्यसमितिका सदस्यहरुलाई सम्मान गरियो ।
कार्यक्रममा सत्सङ् भजन किर्तन समूहकी अध्यक्ष निर्मला कट्टेल घिमिरे, राधाकृष्ण भजन किर्तन समूह अध्यक्ष अर्जुन कोइराला, आदर्श टोल विकास संस्थाका सल्लाहकार सदस्य कृष्ण वास्तोला, टोल विकास संस्थाका उपाध्यक्ष गोपाल राउतलगायतले संस्थाले गरेका कार्यको चर्चा गरेका थिए । सो क्रममा अध्यक्ष रोइलाले आगामी दिनमा गर्ने कार्यको फेहरिस्त पनि प्रस्तुत गरेका थिए । साथै, वडाध्यक्ष कार्कीलाई टोलका विकासमा गर्नुपर्ने कार्यबारे ध्यानाकर्षण पत्र समेत प्रदान गरियो ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...











Discussion about this post