सुन्सरी — झापाको बिर्तामोड नगरपालिका–७ खालबाडीमा डेरामा बस्ने युवकले घरधनीको हत्या गरेका छन्।झापामा घरधनी हत्या : डेरामा बस्ने युवक पक्राउ ३६ वर्षीय फुर्बा तामाङको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा सोही घरमा डेरा गरी बस्ने २८ वर्षीय प्रेम कुमार राईलाई प्रहरीले पक्राउ गरेको हो। घटनामा संलग्न राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
हत्या भएपछि घटनास्थलमै तामाङको मृत्यु भएको थियो। प्रारम्भिक अनुसन्धानमा आपसी विवादकै क्रममा घटना भएको अनुमान गरिएको छ।
प्रहरीले घटनाका कारण, प्रयोग गरिएको हतियार र सम्भावित अन्य संलग्नताबारे गहिरो अनुसन्धान जारी राखेको जनाएको छ।










Discussion about this post