इनरुवा । मोरङको जहदा गाउँपालिका–२ तारिगामास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा प्रहरीले गाँजा तस्करीविरुद्ध कडा कारबाही गरेको छ। शनिबार राति करिब १०:३० बजे प्रहरीले हवाई फायर गरी ३३० किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार टाउकोमा गाँजाको बोरा बोकेर भारततर्फ जाँदै गरेका उनीहरू प्रहरी देख्नासाथ बोरा फालेर भाग्न खोजेका थिए। भाग्दै गरेका तस्करलाई नियन्त्रणमा लिन प्रहरीले चाइनिज पेस्तोलबाट एक राउन्ड हवाई फायर गरेको थियो।
पक्राउ पर्नेमा भारतको अररिया जिल्ला चन्दामोहन निवासी २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खान रहेका छन्। मोरङ प्रहरी प्रमुख कवित कटवालले गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकलाई हवाई फायरपछि पक्राउ गरिएको पुष्टि गरेका छन्।










Discussion about this post