• pradeshpoint
  • Pradeshpoint
Saturday, February 14, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २३ गते, १७:५९ बजे प्रकाशित
in FEATURE, स्थानीय खबर
‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने
11
SHARES
Share on FacebookShare on Twitter

इटहरी । कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले नयन मिडिया फाउन्डेसनद्वारा आयोजना हुँदै आएको ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति निर्वाचन आचारसंहिताका कारण परिवर्तन गरिएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार उक्त अवार्ड कार्यक्रम फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजना गर्ने तय गरिएको थियो ।

फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुन गइरहेको र निर्वाचन आयोग नेपालले जारी गरेको आचारसंहितालाई पूर्ण रूपमा पालना गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै कार्यक्रमको समयतालिका पुनरावलोकन गरिएको आयोजकले आज (शुक्रबार) एक विज्ञप्ती जारी गर्दै जनाएको छ । निर्वाचन आयोगबाट प्राप्त निर्देशन, मार्गदर्शन र सुझावअनुसार निर्वाचन सम्पन्न भएपछि मात्रै कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।सो निर्णयअनुसार अब ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ वि.सं. २०८२ साल चैत्र ७ गते सोल्टी वेस्टेन्ड होटल, इटहरीमै आयोजना हुने गरी नयाँ मिति तय गरिएको छ । अवार्डका लागि छनोटमा परेका व्यक्तित्वहरू, सहयोगी तथा साझेदार संस्थाहरू, सरोकारवाला निकायहरू र शुभेच्छुकहरूलाई यसबारे औपचारिक जानकारी गराइएको छ ।

‘कोशी एक्सिलेन्स अवार्ड’ कोशी प्रदेशका विभिन्न क्षेत्रहरूमा नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन, सामाजिक उत्तरदायित्व, संस्थागत उत्कृष्टता तथा दीर्घकालीन योगदानमार्फत सकारात्मक प्रभाव सिर्जना गरेका व्यक्ति तथा संस्थाहरूको पहिचान र सम्मान गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको कार्यक्रम हो । गत वर्ष सम्पन्न पहिलो संस्करणले स्थापित गरेको विश्वास र गरिमाका आधारमा दोस्रो संस्करणलाई अझ प्रभावकारी र सन्देशमूलक बनाउने लक्ष्य आयोजकले लिएको जनाएको छ ।

निर्वाचनको संवेदनशील समयमा आयोगले तोकेका नियम, सर्त र मापदण्डको सम्मान गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै मिति परिवर्तनका कारण सरोकारवालामा पर्न गएको असुविधाप्रति नयन मिडिया फाउन्डेसनले क्षमायाचना व्यक्त गरेको छ । नयाँ मितिमा कार्यक्रमलाई थप सुव्यवस्थित, मर्यादित र उच्चस्तरीय रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले निर्वाचन आचारसंहिताको पूर्ण सम्मान गर्दै कार्यक्रमको मिति परिवर्तन गरिएको र नयाँ मितिमा अझ व्यवस्थित रूपमा अवार्ड वितरण कार्यक्रम सम्पन्न गरिने बताए ।

Tags: ‘कोशी एक्सिलेन्स अवार्डचैत्र ७ गते हुनेमिति सारियो

Related Posts

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे
FEATURE

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २ गते, १९:५३ बजे प्रकाशित
0

सुनसरी । निर्वाचनको मिति नजिकिँदै जाँदा सुरक्षा व्यवस्था कडा पार्दै नेपाल प्रहरीले देशभर अतिरिक्त जनशक्ति परिचालन सुरु गरेको छ। सुरक्षा...

काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा
FEATURE

काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन १ गते, १२:३६ बजे प्रकाशित
0

विराटनगर – प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्याङ्कन अनुसार काठमाडौं महानगरपालिकाले १०० अंक मध्ये मात्र ४४.९७ अंक प्राप्त...

पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुग्दै, विमानस्थलमा कडा सुरक्षा व्यवस्था

पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुग्दै, विमानस्थलमा कडा सुरक्षा व्यवस्था

२०८२ फाल्गुन १ गते, १२:०५ बजे प्रकाशित
कोशी लगानी सम्मेलनका ५० परियोजना अगाडि बढे, पाँच पीडीए चरणमा

कोशी लगानी सम्मेलनका ५० परियोजना अगाडि बढे, पाँच पीडीए चरणमा

२०८२ फाल्गुन १ गते, १०:५८ बजे प्रकाशित
एमाले नेता बिनोद ढकाललाई पितृशोक, १०१ वर्षीय बुबाको निधन

एमाले नेता बिनोद ढकाललाई पितृशोक, १०१ वर्षीय बुबाको निधन

२०८२ माघ २९ गते, १२:०२ बजे प्रकाशित
वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

२०८२ माघ २६ गते, १४:१४ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

२०८२ फाल्गुन २ गते, १९:५३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

२०८२ फाल्गुन १ गते, १२:३६ बजे प्रकाशित
पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुग्दै, विमानस्थलमा कडा सुरक्षा व्यवस्था

पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुग्दै, विमानस्थलमा कडा सुरक्षा व्यवस्था

२०८२ फाल्गुन १ गते, १२:०५ बजे प्रकाशित
कोशी लगानी सम्मेलनका ५० परियोजना अगाडि बढे, पाँच पीडीए चरणमा

कोशी लगानी सम्मेलनका ५० परियोजना अगाडि बढे, पाँच पीडीए चरणमा

२०८२ फाल्गुन १ गते, १०:५८ बजे प्रकाशित
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

२०८२ माघ २९ गते, १७:३७ बजे प्रकाशित
एमाले नेता बिनोद ढकाललाई पितृशोक, १०१ वर्षीय बुबाको निधन

एमाले नेता बिनोद ढकाललाई पितृशोक, १०१ वर्षीय बुबाको निधन

२०८२ माघ २९ गते, १२:०२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist