• pradeshpoint
  • Pradeshpoint
Saturday, February 14, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २ गते, १९:५३ बजे प्रकाशित
in FEATURE, मुख्य पाना
तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे
6
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । निर्वाचनको मिति नजिकिँदै जाँदा सुरक्षा व्यवस्था कडा पार्दै नेपाल प्रहरीले देशभर अतिरिक्त जनशक्ति परिचालन सुरु गरेको छ। सुरक्षा संवेदनशीलताको विश्लेषणका आधारमा तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

काठमाडौं उपत्यकाभित्र कार्यरत प्रहरी अधिकृतहरूलाई अप्रेसन कमान्डरका रूपमा विभिन्न जिल्लामा पठाइएको हो। उनीहरूले आइतबारदेखि तोकिएको क्षेत्रमा जिम्मेवारी सम्हाल्नेछन्। प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेका अनुसार तराईका जिल्लामा सुरक्षा चुनौती तुलनात्मक रूपमा बढी भएकाले थप जनशक्ति परिचालन गरिएको हो। “सुरक्षाको दृष्टिकोणले तराईका जिल्ला संवेदनशील छन्। त्यसैले जोखिम विश्लेषण गरेर अतिरिक्त अधिकृत खटाइएको हो,” उनले बताए। सकेसम्म प्रत्येक पालिकामा दुई जना इन्स्पेक्टर रहने गरी व्यवस्थापन मिलाइएको जनाइएको छ।

विगतका निर्वाचनमा तराई क्षेत्रमा देखिएका चुनौतीबाट पाठ सिक्दै यसपटक उच्च संवेदनशील मतदानस्थलमा वरिष्ठ प्रहरी अधिकारी केन्द्रित गरिने भएको छ। ती जिल्लामा मतदाता र मतदान केन्द्रको संख्या पनि धेरै रहेकोले सुरक्षा प्रबन्ध मजबुत पारिएको हो।

पहाडी तथा हिमाली जिल्लामा भने हालको जनशक्ति पर्याप्त रहेको प्रहरी प्रधान कार्यालयको दाबी छ। यद्यपि, केही जिल्लामा आवश्यकताअनुसार थप सुरक्षाकर्मी खटाउने तयारी गरिएको छ।

उपत्यकाबाट १३ हजार जनशक्ति बाहिर

प्रहरी प्रधान कार्यालय तथा उपत्यकाअन्तर्गतका विभिन्न इकाइमा कार्यरत करिब १३ हजार प्रहरी कर्मचारीलाई उपत्यकाबाहिरका जिल्लामा पठाउने तयारी छ। फागुनको दोस्रो सातादेखि उनीहरूलाई खटाइनेछ। काठमाडौं उपत्यकाका तीनै जिल्लामा निर्वाचनका लागि पर्याप्त सुरक्षा व्यवस्था रहेकाले अतिरिक्त जनशक्ति अन्य जिल्लामा परिचालन गर्न लागिएको हो। केही संवेदनशील जिल्लामा एसएसपीसमेत खटाइने तयारी छ।

निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गरिसकेको छ। प्रहरीलाई सहयोग गर्न नेपाली सेना पनि २१ माघदेखि ब्यारेकबाट बाहिरिसकेको छ। सेनाले कारागार, विमानस्थललगायत महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मा लिएको छ।

निर्वाचन विश्लेषण महाशाखा स्थापना

निर्वाचनविरोधी गतिविधि निगरानी गर्न प्रहरी प्रधान कार्यालयले ‘निर्वाचन विश्लेषण महाशाखा’ स्थापना गरेको छ। एसएसपीको कमान्डमा सञ्चालन हुने उक्त महाशाखालाई निर्वाचन बिथोल्न सक्रिय समूहको गतिविधि अनुगमन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति तयार गर्ने जिम्मेवारी दिइएको छ।

प्रहरी स्रोतका अनुसार केही व्यक्ति तथा साना समूह निर्वाचनविरोधी गतिविधिमा सक्रिय देखिएका छन्। यस्ता गतिविधिमाथि कडा निगरानी राखिएको र आवश्यक परे कानुनी कारबाही गरिने जनाइएको छ।

निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र निष्पक्ष रूपमा सम्पन्न गराउन सुरक्षा निकायले बहुस्तरीय तयारी तीव्र बनाएको जनाएको छ।

Tags: ११० इन्स्पेक्टर४४ डिएसपीतराईका जिल्लामा

Related Posts

काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा
FEATURE

काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन १ गते, १२:३६ बजे प्रकाशित
0

विराटनगर – प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्याङ्कन अनुसार काठमाडौं महानगरपालिकाले १०० अंक मध्ये मात्र ४४.९७ अंक प्राप्त...

पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुग्दै, विमानस्थलमा कडा सुरक्षा व्यवस्था
FEATURE

पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुग्दै, विमानस्थलमा कडा सुरक्षा व्यवस्था

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन १ गते, १२:०५ बजे प्रकाशित
0

काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौँ आइरहेका छन्। उनका समर्थकले विमानस्थलमा स्वागतको तयारी गरेका छन्। नवराज सुवेदी...

कोशी लगानी सम्मेलनका ५० परियोजना अगाडि बढे, पाँच पीडीए चरणमा

कोशी लगानी सम्मेलनका ५० परियोजना अगाडि बढे, पाँच पीडीए चरणमा

२०८२ फाल्गुन १ गते, १०:५८ बजे प्रकाशित
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

२०८२ माघ २९ गते, १७:३७ बजे प्रकाशित
एमाले नेता बिनोद ढकाललाई पितृशोक, १०१ वर्षीय बुबाको निधन

एमाले नेता बिनोद ढकाललाई पितृशोक, १०१ वर्षीय बुबाको निधन

२०८२ माघ २९ गते, १२:०२ बजे प्रकाशित
वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

२०८२ माघ २६ गते, १४:१४ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

२०८२ फाल्गुन २ गते, १९:५३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

२०८२ फाल्गुन १ गते, १२:३६ बजे प्रकाशित
पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुग्दै, विमानस्थलमा कडा सुरक्षा व्यवस्था

पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुग्दै, विमानस्थलमा कडा सुरक्षा व्यवस्था

२०८२ फाल्गुन १ गते, १२:०५ बजे प्रकाशित
कोशी लगानी सम्मेलनका ५० परियोजना अगाडि बढे, पाँच पीडीए चरणमा

कोशी लगानी सम्मेलनका ५० परियोजना अगाडि बढे, पाँच पीडीए चरणमा

२०८२ फाल्गुन १ गते, १०:५८ बजे प्रकाशित
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

२०८२ माघ २९ गते, १७:३७ बजे प्रकाशित
एमाले नेता बिनोद ढकाललाई पितृशोक, १०१ वर्षीय बुबाको निधन

एमाले नेता बिनोद ढकाललाई पितृशोक, १०१ वर्षीय बुबाको निधन

२०८२ माघ २९ गते, १२:०२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist