• pradeshpoint
  • Pradeshpoint
Thursday, May 14, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

भोक्राहा नरसिंहका वर्तमान अध्यक्ष महेन्द्रलाई पुनः अध्यक्षमा जिताउनुपर्ने मतदाताले गर्न थाले चर्चा

आफ्नो कार्यकालमा थालेका कामहरू सम्पन्न गर्न फेरि पाँच वर्ष नेतृत्व लिन शुभेच्छुकहरूको दवाव

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ माघ २९ गते, १४:४१ बजे प्रकाशित
in FEATURE, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
भोक्राहा नरसिंहका वर्तमान अध्यक्ष महेन्द्रलाई पुनः अध्यक्षमा जिताउनुपर्ने मतदाताले गर्न थाले चर्चा
177
SHARES
Share on FacebookShare on Twitter

सुरेन्द्र मेहता/रामकुमार यादव/ इनरुवा ।

सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै भोक्राहा नरसिंह गाउँपालिकाका जनतामा आफ्ना जनप्रतिनिधि बारे चासो बढेको छ । सरकारले निर्वाचनको मिति तोकेपछि आम मतदाताले आफ्नो स्थानीय तहमा को उम्मेद्वार बन्ला भन्ने चासो मात्र राखेका छैनन्, अबको उम्मेद्वारबारे आफ्नो अभिमत समेत राख्न थालेका छन् । सरकारले आगामी वैशाख ३० गते एकै चरणमा ७५३ वटै स्थानीय तहको निर्वाचन हुँदैछ । उक्त स्थानीय तह निर्वाचन २०७९ को गाउँपालिका अध्यक्ष पदमा पूनः वर्तमान अध्यक्ष महेन्द्र प्रसाद यादवलाई जिताउनुपर्ने गाउँघर देखी शहर सम्म सर्वत्र चर्चा चल्न थालेको छ ।
वर्तमान भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले यस गाउँपालिकामा विकास निर्माण लगायत अन्य कार्यमा समेत क्रान्ति ल्याएको कारण अहिले गाउँघरमा उनको चर्चा चल्न थालेको स्थानीय प्रभु मण्डलले जानकारी दिए । 
उता सोमबार बसेको मन्त्रीपरिषद बैठकले निर्वाचनको घोषणा गरेपछि जसपा नेपाल, नेपाली काग्रेँस, नेकपा एमाले लगायतका विभिन्न दलहरू समेत स्थानीय तह निर्वाचनको आन्तरिक तयारीमा लागेका छन्।
निर्वाचनको घोषणासँगै दलहरू निर्वाचन केन्द्रित कार्यक्रमको तयारीमा जुटेका छन् भने मतदाताहरू आफ्नो स्थानीय तहमा को–को उम्मेद्वार बन्लान् भन्ने चासो व्यक्त गर्न थालेका छन्। मतदाताले अघिल्लो कार्यकालमा कुन जनप्रतिनिधिले कस्तो काम गरे भन्ने हिसाब किताब समेत गर्न थालेका छन् ।भने सुनसरी जिल्लाका अधिकांश जनप्रतिनिधिले आफ्नो कबोल र चुनावी प्रतिवद्धता अनुरूप काम गर्न नसकेको मतदाताको प्रश्न उठ्न थालेको छ । तर भोक्राहा नरसिंह गाउँपालिकाको माहौल भने त्यसभन्दा पृथक देखिएको छ ।
गत स्थानीय तह निर्वाचन २०७४ मा तत्कालीन संघिय समाजवादी फोरम नेपाल वर्तमान जनता समाजवादी पार्टी नेपालबाट भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा महेन्द्र प्रसाद यादवले भारी मतले विजय भएका थिए ।
उनलाई नै स्थानीय तह निर्वाचन २०७९ मा पनि जनता समाजवादी पार्टी नेपालबाट भोक्राहा नरसिंह गाउँपालिका अध्यक्षमा आउनुपर्ने स्थानीय मतदाताहरुले जोड दिएका छन् ।


गत स्थानीय तहका निर्वाचनमा भारी मतका साथ विजय भएका वर्तमान भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवको पुनः स्थानीय तह निर्वाचन २०७९ मा चर्चा हुनु स्वाभाविक रहेको गाउँघरका अगुवा नेता तथा कार्यक्रर्ताहरुको कथन रहेको छ ।
त्यस्तै सुनसरी जिल्लामा हाल कायम रहेको १२ वटा स्थानीय तह मध्ये २ वटा उपमहानगरपालिका, ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका मध्ये साँढे चार वर्षको अवधिमा कुन स्थानीय तहले के प्रगति गर्यो ? यो प्रश्न आम गाउँबासीको साझा प्रश्न बन्ने गरेको छ ।
सुनसरी जिल्लाको १२ वटै स्थानीय तहको बजेट अनुसार समग्र विकासमा नेतृत्वदायी भूमिका खेल्ने दक्षिणवर्ती क्षेत्रसँग जोडिएका स्थानीय तहहरूको विकासको स्थिति हेर्दा भोक्राहा नरसिंह गाउँपालिका बाहेक कुनै पनि स्थानीय तहले प्रभावकारी भूमिका खेल्न सकेका छैनन् ।
साँढे चार वर्षको अवधिमा भोक्राहा नरसिंह गाउँपालिकामा गरिएको भौतिक एवं मानवीय विकासले इच्छाशक्ति भए स्थानीय जनप्रतिनिधिले धेरै गर्न सक्छन् भन्ने पुष्टि गरेको छ । आफ्नो पार्टीका समर्थकले मात्र होइन, नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा लगायतका दलहरूका नेता–कार्यकर्ताले समेत भोक्राहा नरसिंह गाउँपालिकामा फेरि एकपटक महेन्द्र प्रसाद दोहोरिनुपर्ने मत राखिरहेका छन् ।
महेन्द्र प्रसाद यादवले फेरि गाउँपालिका अध्यक्षमा दोहोरिनुपर्ने भन्दै उनीमाथि भोक्राहा नरसिंहका गाउँबासीहरुले दवाव बढाएका छन्। लाभका पदमा खास रूचि नराख्ने, विकास निर्माणमा क्रन्ती ल्याउने स्वाभावका वर्तमान अध्यक्ष महेन्द्र प्रसादलाई आफ्नो कार्यकालमा थालेका कामहरू सम्पन्न गर्न फेरि पाँच वर्ष नेतृत्व लिन शुभेच्छुकहरूले दवाव दिइरहेका छन्। निर्वाचनको घोषणापछि जनता समाजवादी पार्टी नेपालका समर्थक मात्र नभएर भोक्राहा नरसिंह गाउँपालिकाको बौद्धिक एवं सामाजिक जनमतले समेत स्थानीय तहको निर्वाचन २०७९ मा महेन्द्र प्रसाद यादव दोहोरिनुपर्ने पक्षमा देखिन्छ।
भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवको कार्यकालमा उल्लेख्य काम गर्न सफल भएका छन् ।
यादवले चुनावी घोषणापत्रमा उल्लेख गरिएका अधिकांश काम सम्पन्न गरे पनि केही आयोजनाहरू निर्माणाधीन छ । त्यसमध्ये निर्माण सम्भव भएका, निर्माणाधीन र निर्माणको चरणमा रहेका यी मुख्य योजना सम्पन्न गर्न महेन्द्र प्रसाद यादवकै नेतृत्व आवश्यक रहेको भोक्राहा नरसिंह गाउँपालिकाबासीको अभिमत छ।

 

Tags: जिताउनुपर्नेभोक्राहा नरसिंहकामतदाताले गर्न थाले चर्चामहेन्द्रलाई पुनः अध्यक्षमावर्तमान अध्यक्ष

Related Posts

FEATURE

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ३० गते, २१:०५ बजे प्रकाशित
0

काठमाडौं । संविधान संशोधनका विषयमा छलफल गर्न गठित कार्यदलको बैठकमा जेन्जी आन्दोलनका अगुवा युवाहरूलाई नबोलाइएको भन्दै आलोचना सुरु भएको छ।...

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
FEATURE

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २७ गते, १९:०४ बजे प्रकाशित
0

इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

२०८३ बैशाख ३० गते, २१:०५ बजे प्रकाशित
आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

२०८३ बैशाख २७ गते, १९:०४ बजे प्रकाशित
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist