शुभ नारायण यादव /सप्तरी । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउपालिका वडा न.-५ स्थित टेंग्री टाेलमा भिषण अागलागी हुदा २५ परिवारकाे घर जलेर करोडौंको क्षति भएको छ । स्थानीय दिनेश यादवकाे घरबाट अचानब सल्केको आगाे दिनेश सहित छिमेकिहरु श्याम यादव,डम्बर नारायण यादव,फुलदेव यादव ,भोला यादव,मनोज कुमार यादव ,महेश प्रसाद यादव,वृज नारायण यादव,सत्य नारायण यादव,अमरेन्द्र यादव लगायत २५ परिवारकाे घर जलेर झण्डै दुई करोड भन्दा बढिकाे क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । साे आगलागि स्थानीयबासि ,सशस्त्र तथा जनपद प्रहरी , राजविराज तथा हनुमाननगर कङकालिनि नगरपालिकाकाे बारुण यन्त्रकाे सहयोगमा नियन्त्रणमा अाएकाे स्थानीयबासिहरुले बताएका छन । यता अागलागि कसरि भयाे भन्ने बारेमा केहि नखुलेपनि अागलागिबाट कुनै मानविय तथा पशु पन्छिकाे कुनै क्षति नभएको पिडितहरुले बताएका छन । यसेबिच आगलागि गाइकाे गाेठमा बालिएकाे घुरबाट लाग्न सकिने अनुमान स्थानीयबासिहरुले गरेपनि साे सम्बन्धमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
Discussion about this post