विराटनगर । मोरङको लेटाङमा यौन दुर्व्यवहारको विषयलाई लिएर तनाव हुँदा एक महिला प्रहरीको हत्या गरिएको छ। आक्रोशित स्थानीयको भीडबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।छुरा प्रहार गरिएका उर्मिलाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ । उनको घाँटीमै छुरा प्रहार भएपछि गम्भीर भएकी थिइन । अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ। लेटाङ(५ खेरुवास्थित शिक्षा विकास माविमा कक्षा ६ अध्ययनरत विद्यार्थीलाई आइतबार ५६ वर्षीय शिक्षक मनोज पौडेलले यौन दुर्व्यवहार गरेपछि स्थानीयहरु आक्रोशित बनेका थिए। विद्यालयमा रहेका शिक्षक पौडेललाई आक्रोशित भीडले बाहिर ल्याउने प्रयास गरेपछि स्थिति नाजुक बनेको थियो। त्यही बेला झडप भएको प्रहरीले जनाएको छ।भीड नियन्त्रणका लागि प्रहरीले हवाई फयार गर्दा आक्रोशित भीडबाट प्रटोल बम प्रहार भएको प्रहरीको दाबी छ। झडपमा दर्जन बढि प्रहरी घाइते भएका छन् । त्यसैगरी लेटाङमा आज बिहानैदेखि कर्फ्यु लागेको छ ।लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै आज बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् ।दक्षिणमा लेटाङ नगरपालिका वडा नं। ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, लेटाङ नगरपालिका वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा लेटाङ नगरपालिका वडा नं। ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको प्रजिअ दाहालले जानकारी दिए ।
Discussion about this post