जयकृष्ण यादव / इनरुवा । प्रदेश १ का उपसभामुख सरस्वती पोखरेलले विकास र समृद्धिका यूवा स्वरोजगार हुने कार्यक्रमहरु आवश्यक रहेको बताएको छ । सुनसरी सदरमुकाम इनरुवामा शहिद, बेपत्ता, घाइते ,परिवार साथै पिछडिएका परिवार , हिंसा पीडित परिवारहरुको लागि स्वरोगार तथा उत्पादन मुलक शिप बिकास तालिम भवनको सिलान्यस कार्यक्रमलाई सम्बोधन गदँै सो कुरा बताएको हो । पोखरेलले शहिद सरोकार मञ्च नेपालको तालिम भवन सिलान्यास कार्यक्रममा महिला, युवा र शहित तथा बेपता परिवारलाई रोजगार दिने गरि नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए । उनले नागरिकको दिनचर्यामा सहजताका लागि रोजगार चाहिने र रोजगारका लागि शिप चाहिने भएकाले सामान्वय रुपमा छोटो समयका तालिम सञ्चालन गर्नका लागि रोजगारका नीम्ति तालिम केन्द्र बनाउने काम थालेको बताए । उनले आफ्नो संसद विकास कोषबाट १० लाख रुपैयाँले पहिलो चरणको काम असार मसान्त भित्र सक्ने गरि सिलान्यास गरेको बताए । उनले शहिद परिवारका सदस्यहरुका लागि तालिम केन्द्र भवन निर्माण हुने भएपनि सबैको हितमा काम गर्ने बताए । उपसभामुख पोखरेलले आबाश सहितको रोजगार दिन सके मात्रै शहिद, बेपत्ता,घाइते तथा उनीहरुका परिवार साथै पिछडिएका परिवार , हिंसा पीडितहरुलाई न्याँय हुने बताए । उनले सक्षम बनाउने र रोजगार दिनेगरी तालिम केन्द्रले काम गर्ने बताए । शहिद सरोकार मञ्च सुनसरीको तालिम भवन शिलान्यास कार्यक्रम प्रमुख अथिति उपसभामुख सरस्वती पोखरेलले विकासमा पारदर्शिता र सुशासन हुन आवश्यक रहेको बताए ।
सिलान्यास कार्यक्रममा विशेष अथिति सांसद कुसुम श्रेष्ठ, सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझी, शहिद प्रतिष्ठान शाखाको अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक योगेन्द्र प्रसाद मन्डल, दुई कट्ठा जग्गा दान दिने दाता दिपक कुमार काफ्ले तथा सस्थाको अध्यक्ष तोया गिरी सहितको सहभागीता रहेको थियो । गुराँस आबाश क्षेत्रमा ८० लाख रुपियाँ बजारको दुई कट्ठा जग्गा दान गरेको र शहिद परिवारका सदस्यहरुको शिप तथा रोजगार सृजना गर्ने गरि तालिम भवनको सिलान्यास भएको आफू खुसी भएको जग्गादाता दिपक कुमार काफ्ले बताए ।
Discussion about this post