टीकापुर / कैलालीमा घाँटी रेटेर हत्या गरिएका दासको शव उठाइएको छ। शनिबार कैलालीका २५ वर्षीय अरुण दास विभत्स हत्या भएको अवस्थामा फेला परेका थिए। जानकी गाउँपालिका ९ का दासको टाउको शरीरबाट अलग पारिएको अवस्थामा शव फेला परेको थियो । उनको शव आज उठाइएको छ । हत्यापछि मनोज नाम गरेका युवकको फोन रेकर्ड सार्वजनिक भएको छ । उनले फोनमा टाउको छिनालेर सीमा कटिसकेको बताएका छन् । फोन रेकर्डमा घाँटी र शरीर अलग पारेको बताएका छन् । हत्या लागूऔषधको कारोबारसँग जोडिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ।
दासलाई रुखमा बाँधेर नग्न बनाइएको र त्यसपछि विभत्स तरिकाले हत्या गरेको खुलेको छ। हत्या गरिएका दास परिवारसहित जानकी गाउँपालिकामा बस्दै आएका थिए । उनका श्रीमती र छोरी छन् । आमा बुवा र दाई भारतमा बस्दै आएका छन् । घटना योजनावद्ध तरिकाले भएको खुलेको छ। अभियुक्तले सुमित दाईको नाम लिएका छन् । उनले घाँटी र शरीर अलग भएको र आफू फरार भइसकेको बताएका छन् । उनले आफू बैंगलोरका लागि हिंडेको बताएका छन् । घटनामा संलग्न समूह नै बैंगलोर जान लागेको भनेका छन् । घटनाका बेलामा विभिन्न व्यक्तिसँग समेत विवाद भएको नामसहित उल्लेख गरेका छन् । फोन रेकर्डमा धेरै युवाहरुको आवाज सुनिएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण
इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...

दासलाई रुखमा बाँधेर नग्न बनाइएको र त्यसपछि विभत्स तरिकाले हत्या गरेको खुलेको छ। हत्या गरिएका दास परिवारसहित जानकी गाउँपालिकामा बस्दै आएका थिए । उनका श्रीमती र छोरी छन् । आमा बुवा र दाई भारतमा बस्दै आएका छन् । घटना योजनावद्ध तरिकाले भएको खुलेको छ। अभियुक्तले सुमित दाईको नाम लिएका छन् । उनले घाँटी र शरीर अलग भएको र आफू फरार भइसकेको बताएका छन् । उनले आफू बैंगलोरका लागि हिंडेको बताएका छन् । घटनामा संलग्न समूह नै बैंगलोर जान लागेको भनेका छन् । घटनाका बेलामा विभिन्न व्यक्तिसँग समेत विवाद भएको नामसहित उल्लेख गरेका छन् । फोन रेकर्डमा धेरै युवाहरुको आवाज सुनिएको छ ।

Discussion about this post