मान बहादुर ठकुल्ला
टीकापुर/ धनसिंहपुर प्रवासी युवा समितिद्वारा धनसिंहपुर स्वास्थ्य चाैकीलाइ आज एक कार्यक्रम का बिच एम्बुलेन्स हस्तान्तरण गरेकाे छ ।
मंगलबार कैलालीको टीकापुर ८ का प्रवासी युवाहरुकाे आर्थिक सहयाेगमा खरिद गरिएको एम्बुलेन्स धनसिंहपुर प्रवासी युवा समितिद्वारा धनसिंहपुर स्वास्थ्य चाैकीलाइ हस्तान्तरण गरिएको हाे ।
धनसिंहपुर प्रवासी युवा समितिका अध्यक्ष ओम बहादुर साउँदकाे अध्यक्षतामा भएको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावल प्रमुख अतिथि रहेको थियाे ।
समाजसेवी टेक बहादुर साउँदकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला र साविक धनसिंहपुर गाविसका पुर्व अध्यक्ष जंग बहादुर साउँद विशिष्ट अतिथि रहेको थियोे ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश सदस्य भिम वि.क., त्रिभुवन मा.वि.बटनपुरका प्र अ रवीन्द्र कठायत, नेपाल रेडक्रसका जिल्ला सदस्य भिम महर, नेपाली कांग्रेस शेर बहादुर साउद, समाजसेवी मीन बहादुर कठायत, स्वास्थ्य शाखा प्रमुख बल बहादुर रावल लगायतले शुभकामना मन्तव्य राखेको थियोे । भने कार्यक्रम संचालन अरुण वि. क. ले गरेको थियाे ।
राेजगारीकाे शिलशिलामा खाडिका विभिन्न देशमा राेजगारीका लागि गएका साविक धनसिंहपुर गाविसका युवाहरुले एम्बुलेन्स खरिदका लागि आर्थिक सहयाेग गरेका हुन ।
आर्थिक सहयाेग गर्नेहरुमा टीकापुर नगरपालिका वडा नं. ८ का ओम बहादुर साउद रू १ लाख १५ हजार ५ सय, दिपक वि क रू ७३ हजार , मनाेज साउद रू ५२ हजार, टंक साउद रू ६२ हजार, नवराज साउद रू ६३ हजार, हेमन्त साउद रू ५३ हजार, उमेश साउद रू ४२ हजार, सुरेन्द्र साउद रू ५२ हजार, प्रेम वि क रू ४० हजार, प्रेम ठकुल्ला रू ५२ हजार ५ सय, नवराज साउद रू ६३ हजार ५ सय, विजय साउद रू ५२ हजार ५ सय, अशाेक साउद रू ५० हजार, सन्जित चौधरी रू ६२ हजार ५ सय, सुरेश साउद रू ६२ हजार ५ सय, समीर साउद रू ५२ हजार ५ सय, सुजित साउँद रू ६२ हजार ५ सय, शिव परियार रू ५२ हजार ५ सय, धिरज साउद रु ५५ हजार ५५५, यम बहादुर साउद रू २१ हजार, धर्मा साउद रु१५ हजार र सन्ताेष विश्वकर्मा लगायत २२ जनाले रू २० हजार गरि जम्मा रू ११,७६,०५५/ सहयाेग गरेका थिए ।
३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित
इनरुवा । उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पारसमणि गेलाल विजयी भएका छन्। उनले...











Discussion about this post