इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा नेकपा एमाले द्वारा भ्रष्टाचार विरुद्धको विषयमा विरोध सभा गर्दे चक्काजाम गर्न सफल भएका छन्।
नेकपा एमालेकाे विरोध सभाका क्रममा काेशी गाउँपालिकाकाे लाैकही बजारको मुख्य चाैक पुर्व पश्चिम महेन्द्र राजमार्गमा चक्काजाम समेत भएको थियोे।
कोशी गाउँपलिका जनप्रतिनिधिहरुले व्यापक भ्रष्टाचार गरेको साथै आ – आफनै नातागोता , कार्यकर्ताहरु विभिन्न पदमा भर्ती गरेको भन्दै नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले भ्रष्टाचार विरुद्ध नाराबाजी गर्दै पुर्व पश्चिम राजमार्ग आधाघन्टाको लागि नेकपा एमालेका कार्यक्रताहरूले सडक अवरुद्ध समेत गरेका थिए ।केही दिन अघिमात्र कोशी गाउँपालिकामा गरिव तथा निमुखा जनताको लागि अवास कार्यक्रम अन्तरगत वडा न.२ का कार्वाहक अध्यक्ष द्रोपती देवी साहले दस देखी एघार हजार रुपैयाँ लिइएको कुरा वाहिरीएको थियोे । साथै विभिन्न कार्यक्रममार्फत समेत आफनै आफन्त तथा परिवारका व्याक्तिहरुको नाम रकम निकासा गरेको कुराहरु वाहिरीएपछी चोतर्फी विरोध भएपछी कार्यवाहक वडा अध्यक्ष साहलाई पालिकाले निलम्बित गरेका थिए ।
विरोध सभामा भ्रष्टाचारीलाई कारबाही गर, जनताको रकम दुरुपयोग बन्द गर , स्थानीय सरकार मुर्दावाद , निष्पक्ष छानबिन समिति गठन गर लगायतका नारा लगाउदै विरोध जनाएको थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य रमेश यादव , रामचन्द्र यादव , प्रदेश कमिटी सदस्य जफर जामिली , भोक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष राम कुमार मेहता , सचिव हातिम अन्सारी मुनी लाल मेहता लगायतका नेता तथा कार्यकर्ताहरुको विरोध सभामा उपस्थिति रहेको थियोे ।
Discussion about this post