इनरुवा । नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले पत्रकारहरुले कसैलाई पनि भगवान (देउता) लाई देखाउने आरती देखाउन नहुने बताएका छन् । नेपाली काग्रेसँ सुनसरीको आयोजना गरेको संवाद कार्यक्रमलाई सभापति भण्डारीले सम्वोधन गर्दै साे कुरा बताएका हुन् ।
नेपाली कांग्रेस सुनसरीले आयोजना गरेको संवाद कार्यक्रमलाई समवोधन गर्दै उनले प्रेस युनियनमा आवद्ध रहेका पत्रकारहरुले कांग्रेसका नेताहरुले गलत गरेको कार्यलाई पनि लेख्न आँट गर्नुपर्ने बताए । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा आवद्ध रहेका पत्रकारहरुले कांग्रेसका बारेमा गलत कार्यलाई बाहिर ल्याउनका लागि कलम चलाउनुपर्ने उनले बताए ।
नेपाल प्रेस युनियनसँगको संवाद कार्यक्रममा अध्यक्ष समेत रहेका सभापति भण्डारीले कांग्रेसलाई बलियो बनाउन र सुदृढिकरण गर्नका लागि पत्रकारहरुको पनि भुमिका रहेकोले गलतलाई गलत भन्ने आँट गर्नुपर्ने बताए ।
कांग्रेसको बारेमा गलत समाचार नलेख्नुस् उनले भने, ‘गलत गरेको छ भने समाचार निर्धक्क भएर लेख्नुस् । नेपाली कांग्रेस र नेपाल प्रेस युनियनबाट कुनै दबाव आउने छैन् । कांग्रेसका नेता तथा जनप्रतिनिधिहरुले गलत कार्य गरेको प्रमाण सहित सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्छ ।’
नेपाली कांग्रेसले सुनसरीमा ९ वटा स्थानीय तह जितेको भएपनि नेपाल प्रेस युनियनमा आवद्ध रहेका पत्रकारहरुले केही नपाएको उनले बताए । नेपाल प्रेस युनियन आवद्ध रहेका पत्रकारहरुमाथि अन्याय भएको समेत उनले स्वीकार गरेका छन् ।
साचो समाचार लेख्नुस् उनले भने, ‘गलत समाचार नलेख्नुस् । सबैको बारेमा समाचार लेख्नुस् तर गलत समाचार लेख्ने प्रयास नगर्नुस । युनियन आवद्ध रहेका पत्रकारहरुलाई साचो कुरामा कसैसँग नडराईकन निर्धक्क भएर समाचार सम्प्रेषण गर्नुस ।’
नेपाली कांग्रेस सुनसरीको गतिविधिलाई आ–आफना संचारमाध्यमबाट सकारात्मक÷ नकारात्मक कुरालाई समेत बाहिर ल्याईदिन पत्रकारहरुलाई उनले अनुरोध गरेका थिए । समयमै सचेत गराउनका लागि संचारकर्मीहरुले पनि भुमिका निर्वाह गर्नुपर्ने उनको कथन छ ।
कसैको चाकडी नगरी तथ्य र सत्य कुरामा बढी जोड दिई समाचार लेख्नुपर्ने उनले बताउँदै पार्टी बनाउने हिसावमा आफु नेतृत्वमा आएकोले समयमै सुझाव सल्लाह दिनुपर्ने समेत बताए । पत्रकारहरुले पनि सचेत गराउने दायित्व भएकोले आगामी दिनमा कलम चलाएर पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सजग बनाउनुपर्नेमा उनले जोड दिएका थिए । राम्रो काम गर्ने मान्छेको प्रचार प्रसार र प्रशंसा गर्ने परिपाटीको विकास हुनुपर्ने समेत उनको भनाई छ ।
नेपाल पत्रकार महासंघ सुनसरीको आगामी अधिवेशनमा नेपाल प्रेस युनियन सुनसरीका योग्य दक्ष र अनुभव भएका पत्रकारलाई नेतृत्व सुम्पिनका लागि नेपाली कांग्रेस सुनसरी तयार रहेको समेत उनले बताए ।
नेपाली कांग्रेस सुनसरीका उपसभापति पंकज महतोले नेपाल प्रेस युनियनका नगर संयोजकहरुले पालिकाका स्तरका गतिविधीहरु सहित स्थानीय तहमा कसको प्रभाव कतिको छ भन्ने कुराको सर्वे गरिदिनका लागि अनुरोध गरेका थिए । युनियन आवद्धका पत्रकारहरुले पनि आफनो धर्म निर्वाह गरी समाचार सम्प्रेषण गर्न आग्रह गर्दै नेपाली कांग्रेसले एक्सन सुरु गरेको उनले बताए ।
नेपाली कांग्रेस सुनसरीका सचिव वीरेन्द्र शाहले युनियन आवद्ध पत्रकारहरुसँग भेटघाट तथा परिचात्मक कार्यक्रमले आगामी दिनमा कांग्रेस र युनियनको सम्वन्ध मजबुत हुनका लागि संवाद कार्यक्रमको आयोजना गरेको बताए । नेपाली कांग्रेस सुनसरीले तीन महिने बुलेटिङ्ग पत्रिका प्रकाशन गर्ने तयारी रहेकोले युनियनमा आवद्धमा रहेका पत्रकारहरुले सहजीकरण गर्नका लागि अनुरोध गरे ।
Discussion about this post