इनरूवा। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेपछि रामप्रसादराई गाउँपालिका भोजपुरले प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहतालाई ससम्मान विदाई गरेको छ । उनको भोक्राहा नरसिंह गाउँपालिका सुनसरीमा सरूवा भएको छ ।
उनी करिब दश महिना सो गाउँपालिकामा कार्यरत रहे । सो अवधिमा निजले उल्लेखनिय प्रशासनिक सुधार गरी सेवा प्रवाहलाई सहज, सरल, छिटो, छरितो र प्रभावकारी वनाएको कारण गाउँपालिकाले अधिकृत मेहतालाई कदरपत्र सहित विदाई गरेको हो। उनको कार्यकालमा रामप्रसादराई गाउँपालिकामा भएका असल अभ्यासहरू, योजना कार्यक्रमको प्रगति विवरण वेभसाइट मै सार्वजानिक गरिएको छ ।
सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रवन्धमा एकदमै कमजोर रहेको गाउँपालिकालाई छोटो समयको कार्यकालमा उनले निकै परिवर्तन ल्याई सरल र सहज रूपमा सेवा प्रवाहको अनुभुती जनतालाई गराउन सफल भएको प्रतिक्रिया गाउँपालिका अध्यक्ष विजय राईले दिए। स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङकन (LISA)मा चालिस अंक भन्दा कम अंक ल्याएको उक्त पालिकाले उनको नेतृत्व पाएपछि छोटो समयमा उनान्साठी अंक ल्याउन सफल भएकाे बताए । आर्थिक अनुशासनमा विशेष जोड दिने उनको कार्यशैलीले लगभग नगन्य मात्रामा वेरूजु कायम हुन सकेको छ । उनको प्रशासनिक नेतृत्वकालमा वसाइएका जगहरू कायम नै रहने हो सो गाउँपालिकाको सेवा प्रवाह अरू स्थानीय तह भन्दा फरक र प्रभावकारी हुने विश्वास स्थानीयले लिएका छन् ।
हेर्नुस् कदरपत्र
Discussion about this post