इनरुवा । सुनसरीको कोशी गाउँपालिका-१ लोैकहीको खुनिया पुल स्थित ट्रक र बसबीच एकआपसमा ठक्कर हुँदा गाडीमा आगलागी भएको छ । गाडीमा आगलागी हुँदा इन्जिन पड्किले त्रासले उद्दार गर्न कठिनाई भएको छ ।
पुर्वबाट पश्चिम जादै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पुर्व आउदै गरेको ना ६ ख २९९६ नम्बरको ट्रक गाडी एकआफसमा ठक्कर हुँदा गाडीमा आगलागी भएको हो ।
आगलागी घटना स्थलमा ४ जनाको मृत्यु भएको छ । सवार यात्रुहरुका अनुसार ट्रकका चालक, बसचालक र अन्य सवार दुईजना यात्रीको मृत्यु भएको छ ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लाैकही, सशस्त्र प्रहरी बल लाैकहीको टोलिले घटना स्थलमा पुगेर अन्य यात्रुहरुलाई उद्दार गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
समाचार श्रोतका अनुसार ट्रकमा सिमेन्ट लोड रहेको छ । आगोलाई कोशी गाउँपालिका, इनरुवा नगरपालिकाका वारुण यन्त्रले आगोलाई नियन्त्रण लिने प्रयास गरिरहेका प्रहरीले जनाएको छ ।
Discussion about this post