इनरुवा । सरकारले स्थानिय तहको निर्वाचनको मिती तोके संगै सुनसरी सदरमुकाम इनरुवा नगरपालिकामा अहिले चुनावी माहोल तातेको छ । सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा भने चुनावको माहौल अलि बढी नै तातेको छ । इनरुवा नगरपालिकामा नेपाली काग्रेँसले चुनाव जित्ने भएपछि नगर प्रमुख र वडाध्यक्षमा दावेदारहरु पनि निकै बढी रहेको छ ।
जिल्लाको सदरमुकाम भएकाले यहाँ धेरै दलको उम्मेदवार हुनु र चुनावी माहौल तातिनु स्वाभाविक रहेको जानकार नेताहरू बताउछन् । उनीहरूले दिएको जानकारीअनुसार इनरुवामा गठबन्धन गर्नु भन्दा काग्रेँस एक्लै जित्ने अवस्था रहेकाले आकांक्षीहरु धेरै हुनुपनि स्वाभाविक रहेको बताउछन् ।
इनरुवामा नेपाली काग्रेँसबाट नगर प्रमुखका लागि जिल्ला सभापति केदार भण्डारीलाई ल्याउनुपर्ने पार्टीको कार्यकर्ताहरुको दबाव छ भने वर्तामान नगर प्रमुख राजन मेहता दोहोर्याउने दाउमा छन् ।
दुई जना कडा प्रतिष्पर्धीको रुपमा मौदान आउने चर्चा चलिरह्दा काग्रेँसका युवा नेता धिरज भट्टराई पनि नगर प्रमुखको उपयुक्त उम्मेदवारको रुपमा देखिएको एक काग्रेँसका नेताले बताएका छन् । इनरुवामा काग्रेँसले विकास गर्न खोजेपनि वडाध्यक्षहरु अधिकांश एमालेका रहेकाले विकासमा सार्थक नतिजा नभएपनि त्यसको बाधक एमाले देखिएकोले काग्रेँस नै जित्ने भएकाले आकांक्षीहरु टिकटको लागि दौडधुपमा लागेको स्रोतले जनाएको छ ।
नेपाली काग्रेँसका जिल्ला सभापति भण्डारी पार्टीका सालिन र अनुशासित तथा इमान्दार नेता भएकोले नगर प्रमुख बनाउनुपर्ने वडा वडा बाट माग उठेको काग्रेँस कार्यक्रर्ताहरुले बताएका छन् । सभापति भण्डारी अधिवत्ता तथा कानुनका जानकार र विकास प्रेमी निशन भिजन भएको नेता भएकाले नगर प्रमुखमा उनको आवश्यकता रहेको इनरुवाका क्रियाशिल सदस्य चितनारायण यादवले बताए । यादवले भण्डारी जिल्लाको नेता भएको र नगरको विकासको लागि विकास प्रेमी समेत रहेकाले नगर प्रमुख बनाउनका लागि आफुहरुको आग्रह रहेको बताए ।
त्यस्तै नगर प्रमुख मेहतालाई नै फेरी ल्याउनुपर्ने पार्टी भित्र केही खेमा दबाव दिइरहेका छन् । इनरुवामा कोइराला पक्ष बलियो रहेकोले सोही पक्षबाट मेहता भण्डारी र भट्टराई आफुपनि कसरतमा जुटेको कार्यक्रर्ताहरुपनि आफु निकटका नेता नै हुनुपर्ने दबाव श्रृजना गर्न थालेका छन् । युवा नेता भट्टराईलाई युवा देखी जेष्ठ नागरिक सम्मले होनाहार, इमान्दार, नैतिकवान, जनप्रेमी तथा हसिँलो अनुहारका भएकाले नगर प्रमुख बनाउँदा उत्तम हुने तर्क गरेका छन् ।
स्रोतका अनुसार काग्रेँसको देउवा पक्षबाट जिल्ला सभापतिमा पराजित नेता संजय श्रेष्ठ समेत नगर प्रमुखको आकांक्षी रहेका छन् । श्रेष्ठलाई टिकट दिए राम्रो मतले विजय हुने उनी निकट एक जिल्ला सदस्यले बताएका छन् । उता इनरुवाको १० वटै वडाका गाउँँघरमा चुनावी चहल पहल बढदो क्रममा रहेको छ ।
वडाध्यक्षहरुमा भने पार्टी उहीँ भएपनि पात्रहरु फेरीए मात्रै चुनाव जित्न सक्ने अवस्था रहेको वडावासीको भनाई रहेको छ । प्रत्येक वडामा पाँच वर्षमा झण्डै १० करोड बजेट खर्च गरी अधिकांश दुरुपयोग भएकाले पात्रहरु परिवर्तनको आवश्यकता रहेको माग उठ्न थालेको छ ।
त्यस्तै इनरुवा संग जोडिएको भोक्राहा नरसिंह गाउँपालिका, गढी गाउँपालिका, हरिनगर पालिका र रामधुनी नगरपालिकामा पनि चुनाबी माहोल बढेको छ । स्थानीय तहको चुनाव नजिक्दै जादाँ विभिन्न पार्टीहरुको गाउँघर देखी शहर सम्म चहल पहल बढेको छ । जसमा नेपाली कांग्रेस ,नेकपा एमाले, जसपा नेपाल, एकीकृत नेकपा माओबादी केन्द्र, नेकपा एस लगायत अन्य पाटीहरुले समेत आ–आफनो पार्टीको संगठन र संगठन भित्र रहेको विवाद मिलाउन व्यस्त बनेका छन् ।
Discussion about this post