बराहक्षेत्र । नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका ४ वार्ड कार्यसमितिको आयोजनामा पुलहा-थलाह टोल समिति गठन गरिएको छ । वार्ड कार्यसमितिको पुर्ववत कार्यक्रमअनुरुप गठिन समितिमा गोपाल आचार्य सर्वसम्मत सभापतिमा चयन भएका छन् ।
२६ सदस्यीय समितिमा सभापति आचार्यसहित उपसभापतिद्वय निर्मला घिमिरे र टेक बहादुर पोखरेल, सचिवद्वय राजन अधिकारी र तारा थापा र सहसचिवद्वय सन्तोष सदा र पूजा बस्नेत रगेका छन् । यस्तै, सदस्यहरुमा अनिल सहनी, सुजन परियार, सनम परियार, हेमराज थापा, दिपक सदा, बिन्देश्वरी सदा, मेनुका खड्का, प्रकाश थापा, अनिल कार्की, माधव बस्नेत, बेचन सदा, पशुपति कार्की, पार्बती कार्की, भिम बहादु बस्नेत, नीर बहादुर कार्की, दिवस राई र दिल बहादुर चौलागाईं रहेका छन् ।
समितिको सल्लाहकारहरुमा कल्पना थापा, नरेन्द्र बिस्ट र दल बहादुर घिमिरे रहेको कार्यक्रममा सभादक्ष्य समेत रहेका वार्ड सभापति नुतन धामीले जानकारी दिए ।
गठित समितिलाई बराहक्षेत्र ८ सभापति खेम थापा, सुनसरी क्षेत्र नम्बर १ सचिव केशब पुरीले शुभकामना दिए ।
यस्तै, नवगठित समितिलाई बधाई दिदै कांग्रेस महाधिवेशन प्रतिनिधि शुशिला खनाल पौडेलले नेपाली कांग्रेसले प्रजातन्त्रको लागि लडेर मात्र बिधादेबी भण्डारी राष्ट्रपति बन्न समक्ष रहेको बताइन् ।
नवगठित समितिका सभापति आचार्य पुलहा निवासी सक्रिय कांग्रेस कार्यकर्ता हुन् । भोजपुर गृहजिल्ला रहेका आचार्यले कांग्रेसको संगठन बिस्तारमा महत्त्वपूर्ण भूमिका निभाउँदै आएका छन् । कार्यक्रममा पहिलो सभापतित्व मन्तव्य राख्दै आचार्यले आउदै गरेको स्थानीय चुनावमा कांग्रेसलाई जिताउन लागि पर्ने बताए । उनले भने, यस टोललाई नमुना टोल बनाइ कांग्रेसमय बनाउनेछु ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post