सुरेन्द्र मेहता / इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा न.१ टोकि स्थित रामजानकी मन्दिरकाे शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । प्रदेश १ का पुर्व उद्योग पर्यटन वन तथा वतावरण मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य जगदीश प्रसाद कुसियैतले भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ काे टाेकीमा श्री रामजानकी मन्दिरको शिलान्यास गरेकाे हाे । भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ टोकी टोलमा ४० लाखको लागतमा श्री रामजानकी मन्दिर निर्माण हुन लागेका छन् । शुक्रबार रामजानकी मन्दिर समितिले आयोजना गरिएको एक कार्यक्रमकाबीच पुर्वमन्त्री कुसियैतले शिलान्यास गरेका हुन् । शिलन्यासपछि पुर्वमन्त्री कुसियैतले मन्दिर निर्माण भएपछि पुजा पाठमा भक्तजनलाई सहज पुग्ने बताए । उनले समयमै निर्माण कार्य सम्पन्न गर्न पनि आग्रह गरेका छन् । नेकपा एमाले भोक्राहा नरसिंह गाउँकमिटीका अध्यक्ष रामकुमार मेहताको प्रयास र पुर्वमन्त्री जगदीश कुसियैतको पहलमा प्रदेश १ सरकारबाट मन्दिर निर्माणका लागि ४० लाख बजेट उपलब्ध भएको अध्यक्ष मेहताले बताए ।
शिलान्यास कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव, उपाध्यक्ष पुनम कुमारी मेहता, नेपाली काग्रेसँ भाेक्राहा नरसिंह गाउँ कमिटीका सभापति युवराज दाहाल, जनता समाजवादी पार्टी नेपाल भाेक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष महिन्द्र यादव, एमालेका नेता मुनिलाल मेहता लगायत पुजारी तथा भक्तजनहरुको उपस्थिती रहेको थियो । स्थानीय ठाउँमै रामजानकी मन्दिर निर्माण भएपछि जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन-भदौमा झुला, फागुनमा परिक्रमा लगायत मनाउन सहज हुने युवा नेता प्रविन मेहताले जानकारी दिए ।
रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु
इनरुवा । रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा नेपाल प्रहरीका...










Discussion about this post