रबिन्द्र यादव / नवलपरासी ।
नवलपरासीमा विभिन्न मुद्दामा फरार रहेका ५ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालतबाट २०५३ सालदेखि २०७२ सालसम्मका विभिन्न मितिमा फैसला भई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले आईतवार जानकारी दिइएको हो ।
प्रहरीका अनुसार प्रतापपुर गाउँपालिका अन्तर्गत एरियाबाट जालसाजी मुद्दामा १ जना,सवारी ज्यान मुद्धामा २ जना र कुटपिट मुद्धामा १ जना ईलाका प्रहरी कार्यालय सेमरीले पक्राउ गरेको हो ।
यसैगरि सरावल गाउँपालिका अन्तर्गतको एरियाबाट गाली बेईजत मुद्धामा १ जना अभियुक्तलाई प्रहरी चौकी भुजहवाले पक्राउ गरेको हो ।
३ महिना कैद र ६ हजार १ सय २५ रुपैयाँ जरिवाना रहेको ५ जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट लगत अनुसारको कारवाही भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट मंसिर २८ गतेदेखि हालसम्म बिभिन्न मुद्धाका १६० जना फरार अभियुक्त जिल्लाको बिभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय परासीका सुचना अधिकारी एवं प्रवक्ता प्रेम बहादुर शाहीले बताए ।
Discussion about this post