काठमाडौं । सामान्यरूपमा भन्नु पर्दा कुनै ह्याकर एउटा यस्तो व्यक्ति हुन्छ जो सामान्यत: प्रशासकीय नियन्त्र सम्म पुगेर कम्प्युटर सुरक्षा प्रणालीलाई तोडदछ । ह्याकर्स शब्दको अर्थ प्रायजसो कम्प्युटरसँग समर्थित हुन्छ । यिनीहरु अवैध माध्यमको प्रयोगको प्रति लापरवाह हुन्छन र यिनीहरूको उपज राजनीतिक अथवा सामाजिक कारणले हुन्छ भनि अड्कल गरिएको छ । ह्याकर शब्दको अन्य अर्थ (कम्प्युटर प्रोग्रामर र घरेलु कम्प्युटर शौकिन) पनि यस भित्र रहेको छ , जुन कि कम्प्युटर सुरक्षासँग सम्बन्धित हुदैनन, तर प्रमुख समाचार माध्यमहरुद्वारा यिनीहरूलाई कहिले पनि ह्याकर भनिएको छैन । तर कसै-कसैद्वारा यो तर्क पनि दिईएको छ कि जुन कुनै व्यक्ति विशेषलाई ह्याकर मानिन्छ ,त्यो ह्याकर हैन किनकि कम्प्युटरमा अवैधरूपमा प्रवेश गर्ने व्यक्तिलाई मेडियाद्वारा ह्याकर उपनाम दिइनुभन्दा पुर्व नै ह्याकर समुदाय बिध्यमान रहेको देखिन्छ । यो समुदाय त्यस मानिसहरूको हो जसले कम्प्युटर प्रोग्रामिंगमा प्राय उनीहरू द्वारा लेखिएएको सफ्टवेयरको क्रम संख्या (सिरियल कोड)लाई मानिसहरु बिच बिना कुनै रोकटोक सार्वजनिक गरिदिन्छन । अब यो समुदायका मानिस क्र्याकर्सका रूपमा पनि चिनिने गरेका छन् । त्यस्तै बैंकमा पैसा राखेको छु भनेर ढुक्क भएर सुतेको मानिस बिहान उठ्दा खाता रित्तिएको थाहा पायो भने कस्तो होला ? यस्तो अप्रत्यासित घटनाको सिकार कतै तपाईं पनि हुनुभएको छ कि ? यदि छैन भने सचेत हुनुहोस् ह्याकरले कुनै पनि बेला खाताबाट रकम चोर्न सक्छ । विद्युतीय कारोबार बढ्दै जाँदा यस्ता घटना बढिरहेका छन् ।
बिहान उठ्दा मोबाइलमा- तपाईँले थाहै नपाइ बैंक खाताबाट लाखौँ रुपैयाँ झिकेको म्यासेज देखियो भने कस्तो लाग्ला ? तपाईंले पैसा ट्रान्सफर नै गर्नुभएको छैन । तर खाता भने रित्तिसक्यो । हो यस्तै पीडाबाट गुज्रिएका छन् ललितपुरका प्रविन बस्नेत । फागुन ७ गते उनको मोबाइलमा साढे ६ लाख रुपैयाँ बैंकबाट निकालिएको म्यासेज आयो । तीनवटा बैंकबाट पैसा झिकिएको थियो ।
कनेक्ट आईपीएस एप प्रयोग गरी वाणिज्य बैंक, एनआइसी एसिया र प्रभु बैंकका खाताबाट पैसा झिकिएको बस्नेतको भनाइ छ । पैसा चोरी भएपछि उनले तीनवटै बैंक, कनेक्ट आईपीएस, सीआईबी, साइबर ब्युरो र राष्ट्र बैंकसम्म उजुरी गरेका छन् ।
मोबाइल बैंकिङ एप वा वालेट ह्याक गरेर साइबर अपराधीले पैसा ट्रान्सफर गरेर चोर्न सक्छन् । प्रविनले उजुरी गरेपछि दुई लाख ५० हजार भने फिर्ता आयो तर बाँकी रकमको अत्तपत्तो छैन । कनेक्ट आईपीएसका सूचना अधिकारी मुन्नी राजभण्डारी भने ठगीबाट बच्न प्रयोगकर्ता आफैं सचेत हुनुपर्ने तर्क गर्छिन् ।
तथ्यहरुले के देखाउँछ भने यस्ता अनलाइन ठगीका घटना सार्वजनिक बिदाको अघिल्लो दिन पारेर बढी हुने गरेका छन् । सार्वजनिक बिदाका दिन बैंक मात्र नभएर प्रहरी कार्यालय पनि बन्द हुन्छन् । जसले गर्दा पैसा ट्रान्सफर गर्न प्रयोग भएका खाता रोक्का गर्न समय लाग्छ ।
खातामा भएको रकम कसरी हुन्छ गायब ?
नेपाल प्रहरीको साइबर ब्युरोको तथ्यांकअनुसार गत आर्थिक वर्षमा अनलाइनबाट पैसा चोरीका १८ सयवटा उजुरी परेका थिए । यो आर्थिक वर्षको आठ महिनामा मात्रै यस्तै अनलाइन ठगीका झन्डै २४ सयवटा उजुरी परिसकेको ब्युरोका प्रवक्ता दीपकराज अवस्थी बताउँछन् । यसैबाट पनि थाहा हुन्छ यस्ता घटना कति बढिरहेका छन् भनेर ।
राष्ट्र बैंकको तथ्यांकअनुसार मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोडको हाराहारीमा छन् । इन्टरनेट बैंकिङका ग्राहक १८ लाख छन् । कनेक्ट आईपीएस प्रयोगकर्ता १२ लाख छन् । गत माघमा एक करोड ३० लाखपटक क्युआर कोड स्क्यान भएको छ ।
यसरी डिजिटल भुक्तानीबाट झन्डै ३८ अर्बको कारोबार भएको छ । डेबिड वा क्रेडिट कार्ड नम्बर, इमेलको पासवर्ड, ओटीपी कोड, अनलाइन बैंकिङ पासवर्ड तथा जस्ता विवरण गोप्य राख्न नसक्दा र पर्याप्त जानकारी नभएका वेबसाइट प्रयोग गर्दा पनि ठगीको सिकार हुने गरेको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख गुरुप्रसाद पौडेलको भनाइ छ ।
ह्याकरले डाटासम्म पहुँच पुर्याएर बैंक खाता नै रित्याइदिने जोखिमबारे सबैजना सचेत हुनै पर्छ । यसबारे आफ्ना ग्राहकलाई सचेत गराउने जिम्मेवारी बैंक तथा वित्तीय संस्थाहरु र डिजिटल भुक्तानी एप सञ्चालक कम्पनीहरुको पनि हो ।
Discussion about this post