दिपेन्द्र यादव/विराटनगर – सुरक्षित आप्रवासनकाे महत्त्वकाे प्रचारप्रसार गर्दै सामाजिक विकास मन्त्रालय काेशी प्रदेश विराटनगरकाे आयोजना तथा विभिन्न संघसंस्थाकाे सहकार्यमा “सुरक्षित आप्रवासनकाे आधार, सूचना र सीपको राेजगार” मूल नाराका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमकाे प्रमुख आतिथ्यता सामाजिक विकास मन्त्री पँचकर्ण राईले गरेका थिए भने कार्यक्रमकाे अध्यक्षता मन्त्रालयका निमित्त सचिव दामोदर फुयालले गरेका थिए। उक्त अन्तरक्रिया कार्यक्रम २०२४ डिसेम्बर १८ (अन्तर्राष्ट्रिय आप्रवासन दिवस) का अवसरमा भब्य रूपमा सम्पन्न गरिएकाे थियाे।
कार्यक्रममा सामी कार्यक्रमका प्रदेश कार्यक्रम संयाेजक काेपिला दाहाल, काेशी प्रदेशका कार्यक्रम अधिकृत देवनारायण चाैधरी, रेमी परियोजनाकाे प्रदेश संयाेजक सपना थापा, रेमी परियोजनाका कार्यक्रम, अधिकृत द्वय रिता विश्वास, नारायण विक,आप्रवासी कामदार हकहित संरक्षण केन्द्र काेशी प्रदेशका उपाध्यक्ष सन्तोष लिम्बू, महासचिव दिपेन्द्र यादव, सचिव जिज्ञासा तामाङ (गाेले), काेषाध्यक्ष चुनचुन झा लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले सुरक्षित आप्रवासनकाे प्रवर्द्धनका लागि सूचनाको प्रवाह र सीपमूलक तालिमकाे महत्त्वका बारेमा प्रकाश पार्दै, वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सशक्तिकरण गर्न संस्थागत समन्वय आवश्यक रहेको बताएका थिए।
सामाजिक विकास मन्त्रालय, सामी कार्यक्रम, रेमी परियोजना तथा आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका पदाधिकारीहरूको समन्वयमा भएको यस कार्यक्रमले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूलाई सुरक्षित वातावरण सिर्जना गर्न थप प्रभावकारी कदम चाल्न प्रेरित गरेको जानकारी दिएका थिए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका कर्मचारी, सामी र रेमी परियोजनाका कर्मचारी तथा आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।










Discussion about this post