इनरुवा – स्वास्थ्य कार्यालय सुनसरीमा सागर प्रसाईंले आफ्नो जिम्मेवारी सम्हाल्दै हाजिरी गरेका छन्। केही महिनाअघि सोही कार्यालयबाट सरुवा भएका प्रसाईं पुनः सोही कार्यालयमा फिर्ता आएका हुन्।
प्रसाईंको सरुवापछि कार्यालय प्रमुखविहीन अवस्थामा रहेको थियो। तर, उनको पुनरागमनसँगै कार्यालय प्रशासनिक रूपमा पुनः सक्रिय भएको छ।
आज उनले हाजिरी गरेसँगै कार्यालयमा होली मिलन कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा स्वास्थ्य कार्यालयका कर्मचारी तथा अन्य स्वास्थ्यकर्मीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। शुभकामना आदान–प्रदानसँगै रंग-अबिर लगाएर होलीको उत्सव मनाइएको थियो।
स्वास्थ्य कार्यालय सुनसरीका कर्मचारीहरूले प्रसाईंको पुनरागमनले कार्यालय सञ्चालनमा सहजता आउने विश्वास व्यक्त गरेका छन्। साथै, उनी नेतृत्वमा रहेर स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रतिबद्ध रहेको कार्यालय स्रोतले जनाएको छ।










Discussion about this post