सुनसरी । इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा भएको आगलागीमा उद्धार गर्नुपर्ने थप कोही नभेटिएको गृह मन्त्रालयले जानकारी दिएको छ । आगलागीमा उद्धारका लागि सेनाको हेलिकप्टर पुगे पनि सबैको उद्धार भइसकेको थियो । हाल हेलिकप्टर नेपाली सेनाको ब्यारेकमा राखिएको छ ।
यता, मन्त्रालयले भने उद्धार भएका व्यक्तिहरुको संख्या संसोधन गर्दै ८ पुरुष र ३ जना महिलाको उद्धार गरेको जनाएको छ । यसअघि मन्त्रालयले १६ जनाको उद्धार गरिएको बताएको थियो ।
बिहान करिब १० बजेर १५ मिनेट जाँदा सेन्टरको चौथो तल्लामा सुरु भएको थियो । आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीबाट वरिष्ठ उपरीक्षक मनिष थापाको कमान्डमा १०५ जना, नेपाली सेना, नेपाल प्रहरी र १२ वटा दमकलसहित स्थानीय बासिन्दाहरूको सहयोगमा आगलागी नियन्त्रणमा लिने कार्य भइरहेको छ ।
आगलागीबाट फैलिएको धुँवाका कारण दुई जना समान्य घाइते भएकाले अस्पताल लगिएको छ
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...










Discussion about this post