दुहबी / नेपाली काँग्रेसको भातृ सस्था नेपाल तरुण दलको पाँचौ नगर अधिवेशन बाट दुहबी नगर अध्यक्ष मा दुहबी -९ का नसुरुद्दिन मिया र सचिवमा दुहबी ३ का बोधराज खतिवडा निर्वाचित भएका छन्।
उनि सगै वडा नम्बर १ को तरुण दल सभापतीमा अश्रुल मिया , वडा नम्बर २ को सभापति मा बाम नारायण चौधरी, ३ को सभापति मा तेज नारायण चौधरी, वडा नम्बर ४ को सभापति मा मोहम्मद अनिश, वडा नम्बर ७ को सभापति मा बिश्वजित खाँ, वडा नम्बर ८ को सभापति मा दिपेन्द्र कार्की, वडा नम्बर ९ सभापति मा अनवर हुसैन, वडा नम्बर १० को सभापतिमा मो. जागिर, मिया वडा नम्बर ११ को सभापतिमा अमन चौधरी र वडा नम्बर १२ मा हरि चौधरी सभापति चयन भएका छन्।
सर्वसम्मत चयन भएका बिजयी तरुण सभापति हरुलाइ प्रमुख अतिथि माहासमिति सदस्य एबम दुहबी नगर सभापति वेद नारायण गच्छादारले अबिर र खादा पहिराएर बधाइ दिएका छन अ्मन पार्टी प्यालेसमा आयोजित अधिबेशनको उद्घाटन प्रमुख अतिथि गच्छादारले पानसमा दिप प्रज्वलन र बिपि को तस्बिर मा माल्यार्पण गरेर गरेका थिए। जिल्ला प्रतिनिधी ॐ गौतमको अध्यक्षता मा आयोजित कार्यक्रममा बिशिस्ट अतिथिहरु तरुणदल जिल्ला सभापति सिजन गुरुङ, सुनसरी क्षेत्र नम्बर ३(क) का सभापति दिपक ढकाल, उपप्रमुख मेनुका खतीवडा लगायतको उपस्थित रहेका थिए।










Discussion about this post