इनरुवा / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SEE) को पालिकास्तरीय नतिजा विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार गाउँपालिकाभित्रका ६ वटा विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए।
पालिकाभरबाट जम्मा २५१ जना विद्यार्थी सहभागी भएकोमा १५२ जना उत्तीर्ण भएका छन्। पालिकाको समग्र उत्तीर्ण प्रतिशत ६१ प्रतिशत रहेको छ।
प्राप्त विवरणअनुसार श्री जनता माध्यमिक विद्यालय भाेक्राहा नरसिंह –१ ले उत्कृष्ट नतिजा ल्याएको छ। उक्त विद्यालयबाट ७५ जना सहभागी मध्ये ३७ जना उत्तीर्ण भएका छन्। विद्यालयको उत्तीर्ण प्रतिशत ४९ प्रतिशत रहेको छ।
त्यस्तै श्री जनता माध्यमिक विद्यालय भाेक्राहा नरसिंह–७ बाट ४९ जना सहभागी मध्ये २४ जना उत्तीर्ण भएका छन् भने श्री पृथ्वीनारायण माध्यमिक विद्यालय बाट ५४ जना सहभागी मध्ये ३४ जना उत्तीर्ण भएका छन्।
यसैगरी जामिया इस्लामिया भाे.नं–४ बाट ४२ जना सहभागी मध्ये ३९ जना उत्तीर्ण भएका छन् भने मदरसा उलुम अल इस्लामिया भाे.नं–५ बाट १२ जना सहभागी मध्ये १० जना उत्तीर्ण भएका छन्।
पालिकाले SEE नतिजालाई अझ सुधार गर्न आगामी दिनमा विद्यालयस्तरमा नियमित अनुगमन, शिक्षक क्षमता विकास, विद्यार्थी लक्षित तयारी कक्षा तथा शैक्षिक गुणस्तर सुधार कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ।











Discussion about this post