सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकाले करार सेवा तर्फका कर्मचारीहरुको अवधि थप गरेको छ । गाउँपालिकाले करार सेवामा स्वास्थ्य शाखा, स्वास्थ्य चौकी, प्रशासन सेवा अन्तर्गत गाउँपालिकाको कार्यालय, वडा कार्यालय, पालिका प्रहरी, कार्यालय सहयोगी, स्वीपर लगाएत गाउँपालिकाको कार्यालय र मातहतमा कार्यरत कर्मचारीहरुको करार म्याद थप गरेको हो ।
गाउँकार्यपालिकाको बैठकले निर्णय हाल सम्म करारमा नियुक्त गरिएका सबै कर्मचारीहरुको करार अवधि आगामी २०८० साल असार मसान्त सम्म थप गरिएको गाउँपालिका अध्यक्ष प्रख्यात मोक्तानले बताउनुभयो ।
सिन्धुलीका विभिन्न स्थानिय तहहरुले करारका कर्मचारीहरुलाई हटाउन धमाधम निर्णय गरिरहेका बेला मरिण गाउँपालिकाले भने हाल करारमा काम गरिरहेका सबै कर्मचारीहरुको अवधी थप गरेको हो । मरिण गाउँपालिकामा हाल ९३ जना कर्मचारी करार सेवामा कार्यरत रहेका छन् ।
Discussion about this post