धनुषाधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको मुद्दा फाँटको ‘डिल’ होटेलबाट हुने गरेको खुलेको छ । मुद्दा फाँटका असई(सहायक प्रहरी निरीक्षक) वीरेन्द्र यादवले हरेक साँझ होटेलमा बियरको चुस्कीसँगै मुद्दाको ‘डिल’ गरेको बताइन्छ । मुद्दा फाँटमा कार्यरत्त असई यादवले मुद्दाका पक्ष र विपक्ष मध्ये ‘माल आउने’ पक्षलाई धम्काएर असुली गर्ने र कुरा नमिले घर सम्मै प्रहरी पठाउने, आफै पुगेर धम्की दिने गरेको आरोप लागेको छ । यादवले आफू एलएलबी गरेकाले कानून सम्बन्धी सम्पूर्ण जानकारी रहेको बताउँदै धम्काउने गरेका छन् ।यसका लागि उनले बिचौलिया समेत राखेका छन् ।मोबाइलमा मुद्दाको मुख्य बुँदाहरुको फोटो खिंचेर होटेलमा क्लाइन्टसित मोलजोल गर्ने र कुरा मिलेपछि त्यसै अनुसार मुद्दाको प्रक्रिया अगाडि बढाउन चाँजोपाँजो मिलाउने गरेको बताइन्छ । सिरहामा रहँदा समेत असुलीमा लागेको आरोप लागेको थियो ।धनुषामा आएदेखि झण्डै डेढ वर्षदेखि उनी मुद्दा शाखामा नै छन् ।एउटै शाखामा लामो समयदेखि बसेकाले उनी केही स्थानीय बिचौलियाहरु समेत परिचालन गरेका छन् । बियर मात्र खान रुचाउने यादवले साँझ होटेलमा बसेर वारेन्टै नभएका व्यक्तिलाई समेत धम्काउने र चौकीबाट प्रहरी खटाउने गरेको आरोप लागेको छ
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post