शुभ नारायण यादव /सप्तरी । पछिल्लोपटक स्थानीय तहकाे निर्वाचन पछि नव निर्वाचित जन प्रतिनिधिहरु आएपछि सप्तरीका अधिकाश स्थानीय तहहरुमा कार्यरत करार कर्मचारीहरुकाे म्याद थप नगरेपछि करार कर्मचारीहरु बिचल्लीमा परेका छन।
साेहि क्रममा सप्तरीको महादेवा गाउँपालिकाको कार्यालय बथनाहामा करारका कर्मचारीलाई साउन १ गते आईतवारदेखि हाजीर नगराउदा बिचलीमा परेका छन । यस गापामा विभिन्न मितिमा गरी करिव ५ दर्जन भन्दा वढीलाई विभिन्न प्रकृया पुरा गरेर करारमा नियुक्ति गरेका थिए । उनीहरुलाई गाउँसभाको निर्णय नम्बर ३० मा कार्यपालिकाले विगतका आ.ब.हरुमा गापाका तथा अन्तर्गतका कर्मचारीहरुको दैनिक कार्य सञ्चालन गर्न विभिन्न मितिमा गरेका सवै सेवा करार नियुक्तीलाई समर्थन गर्दै निजहरुलाई दिएको भुक्तानी रकम समेत समर्थन गर्ने निर्णय भएको छ भने गापा अध्यक्ष सुनिल कुमार मण्डलको संयोजकत्वमा ५ सदस्यीय कार्यालय ब्यवस्थापन समिति गठन गरी संगठन अनुसारका दरबन्दी ब्यवस्थापन गरी बाँकी रहेका सेवामा कार्यरत करार कर्मचारीहरुको २०७९ साउन १ गतेदेखि म्याद थप नगर्ने निर्णय गरिएकोमा मनोपोली तरीकावाट असार ३० गते करार सेवामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको करार सम्झोता नविकरण वा म्याद थप नहुने ब्यहोरा पत्र सार्वजनिक गरेको छ । यस प्रकार गाउँसभाको निर्णय विपरीत तानाशाही,एक पक्षिय,स्वेच्छाचारी निर्णयको विरोधमा सम्पुर्ण करारका कर्मचारी अदालत,विभिन्न ट्रेड युनियन,लगायतमा ज्ञापन पत्र दिनुका साथै चरणबद्घ आन्दोलको कार्यक्रमसमेत अगाडी बढाउने करार कर्मचारी सधर्ष समितिको संयोजक रविन्द्र कुमार मण्डलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । समितिको संयोजक मण्डलले लामो समयदेखि कार्यरत योग्य तथा अनुभवी कर्मचारीहरुलाई कार्य सम्पादन मुल्याङ्कन नै गरी निक्ष्काशनको निर्णय गर्नु पुर्वाग्रह र गलत मनसायल गरेको निर्णय सच्चाउन मागं गरेको छ । सो सम्बन्ध गापा अध्यक्ष मण्डलले करार सेवामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको करार सम्झोता नविकरण वा म्याद थप नहुने गाउँसभाको निर्णय रहेको प्रतिकृया दिनुभयो ।
Discussion about this post