इनरूवा । जिल्ला इनरूवामा सुत्केरी गर्न आएकी महिलालाई समयमा उपचार सेवा नदिदाँ पेटमा भएको बच्चाको मृत्यु भएको छ ।
अस्पतालका डाक्टरले लापरवाही गर्दा आमाको स्वास्थ्यमा जाेखिम र पेटकाे बच्चाको ज्यान गएको पीडित पक्षले आराेप लगाएको छ ।
जिल्लाको काेशी गाउँपालिका वडा नम्बर ५ श्रीपुरकि ३० वर्षकी संगिता मण्डललाई प्रसुती व्यथाले च्यापेपछि सकुशल र सुरक्षित बच्चा जन्माउने भन्दै इनरूवा अस्पताल आएकोमा बच्चाले संसार नदेख्दै डाक्टरकाे लापरबाहीले पेट भित्रै मृत्यु भएको पीडितका श्रीमान् ललित मण्डलले बताए ।
मण्डलका अनुसार बुधबार प्रसुति गराउन इनरूवा अस्पताल ल्याएकी पत्नीको अवस्था सामान्य रहेको र नर्मल डेलिभरी हुने भन्दै २४ घण्टा सम्म अलमलाएर राखी बच्चालाई मारिदिएकाे हाे ।
आफुहरू स्वास्थलाभ र सुरक्षित मातृत्वका लागि अस्पताल आएकोमा चिकित्सकले वास्ता नगरेको तथा जुनियर स्वास्थ्यकर्मीले स्लाइल पानी लगाई गफमा व्यस्त भएको र माेवाइलमा लामाे समय गफिएका कारण पेटको बच्चाको चाल थाहा नपाई जानीजानी मारेको दुखेसो पाेखे ।
घटनामा संलग्न रहेका स्वास्थ्यकर्मी तथा चिकित्सकलाई कारवाही गर्नुपर्ने , लापरवाही गर्नेहरूलाई कानुनको दायरामा ल्याउनुपर्ने र पीडितलाई स्वास्थ्य उपचार सहित उचित क्षतिपूर्ति दिनुपर्ने सहित माग गरेका छन् ।
यता इनरूवा अस्पतालका प्रमुख डाक्टर देवराज घिमिरेले घटनाको पुष्टि गर्दै आफुहरूकाे लापरबाही नभई आकस्मिक भएको प्रतिक्रिया दिए ।
उनलेे बच्चाको मृत्युु आफुहरूकाे कारण नभई पेटभित्रै नाल बेरिएकाे र त्यहीँ ठाउँमा दिशा गरि खाएको कारण मृत्युु भएको बताए ।
डाक्टर घिमिरेले पेट भित्रै बच्चाको मुटुको चाल कम भएको र अन्य प्राविधिक समस्या समेत रहेकोले ज्यान गएकाे तर आमालाई बचाउन सफल भएको बताए ।
उनका अनुसार १ हजार बच्चा मध्ये ८ जनाकाे यस्तै खालकाे समस्याबाट मृत्यु हुनेगरेकाे छ ।
Discussion about this post