• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

मेयरसँग घुस असुली गर्ने, वडाध्यक्षबिरुद्ध पक्राउ पूर्जी जारी 

प्रहरी सरुवा बढुवामा बालुवाटारको हस्तक्षेप

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ साउन १५ गते, २२:०३ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
मेयरसँग घुस असुली गर्ने, वडाध्यक्षबिरुद्ध पक्राउ पूर्जी जारी 
154
SHARES
Share on FacebookShare on Twitter

बारा । नेपाल प्रहरीमा तल्लो दर्जाका प्रहरी सरुवा बढुवामा समेत बालुवाटारको हस्तक्षेप हुँदैआएको छ । प्रहरी नायब निरीक्षक (सई) दर्जाका लेखापालको सरुवामा समेत बालुवाटारले प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासनमा सूची नै पठाएको समाचार आउने गर्दछ । प्रहरी निरीक्षकदेखि एआइजीसम्मको सरुवामा बालुवाटारको हस्तक्षेपका कारण प्रहरीभित्र चरम असन्तुष्टि छ ।
यसैक्रममा गएको साउन ८ मा प्रहरीमा ७ जिल्ला प्रमुखसहित ११ एसपीको काज सरुवा भएको थियो । केही एसपीबाट एसएसपी बढुवा भएको र केहीको एक बर्ष अवधि पुगेकाले ७ वटा जिल्लाका प्रमुख रिक्त भएका थिए । ७ जिल्लामा एसपी रिक्त भए पनि बालु्वाटारले टेण्डर आह्वान गरेकाले सरुवामा बिलम्ब हुन पुगेको थियो । कास्की, रौतहट, सुनसरी, बारा, कपिलवस्तु सहितका जिल्लाको अलग अलग रेट तय गरी मोलतोल गर्ने क्रममा काज सरुवा ढिलो हुन पगुेको थियो ।
प्रसंग बाराको हो । जिल्ला प्रहरी कार्यालय बाराको एसपीका लागि पनि हानथाप भयो । बालुवाटारमा रहेको ओपेरा होटलमा बाराको एसपीका लागि ५० लाखसम्मको स्टीमेट निकाली टेण्डर निकालिएको थियो । तर बारामा जान कसैले पनि ओपेराको स्टीमेट अनुसार बुझाउन तयार नभएपछि बालुवाटारले नाम दिन सकेन । अन्ततः आइजीपी धिरजप्रताप सिंहले आफ्नै सचिवालयमा कार्यरत एसपी होविन्द्र बोगटीलाई बाराको प्रहरी प्रमुखका रुपमा काजसरुवा गरेका छन् ।
बोगटीको काजसरुवा गरेता पनि उनी ८ दिनसम्म पनि बारामा कमाण्ड सम्हाल्न गएका छैनन् । डेढ महिनादेखि बारामा निमित्त प्रहरी प्रमुखको कमाण्ड डीएसपी राजेश थापाले सम्हाल्दैआएका छन् । थापा एसपी बढुवा हुने रोलक्रममा थिए । तर विगतमा उनको रेकर्ड राम्रो नभएकाले उनी बढुवामा पर्न सकेनन् ।
आफ्नो बढुवा नभएपछि उनी असन्तुष्ट हुनु स्वभाविक हो । एसपी नभएको र आफू नै निमित्त प्रमुख भएको मौकाको उपयोग गर्दै उनले एकपछि अर्को आर्थिक चलखेलका काम गरेको आरोप छ । उनले बाराका सबै चौकीका इन्चार्ज परिवर्तन गरेका छन् । दररेट अनुसार आर्थिक संकलन गरी उनले सबै चौकीका इन्चार्ज हेरफेर गरेको आरोप छ ।
तत्कालीन एसपी दिलीपसिंह देउवाले डेढ महिनाअघि मात्र खटाएका चौकी इन्चार्जलाई परिवर्तन गरी उनले नयाँ इन्चार्ज पठाएका छन् । देउवाले डेढ महिनाअघि मात्र खटाएकाहरु मारमा परेका छन् । देउवालाई समेत साम दाम बुझाएर गएकाहरु डेढ महिनामै तानिनुपरेको गुनासो बाराका सत्तापक्षीय नेताहरुसँग गरिरहेका छन् ।
कांग्रेसको नेता भन्दै प्रहरी कार्यालयमा बिचौलियाको काम गर्ने लोकेस सिंहले नयाँ एसपी आएपछि मिलाउँला भन्दै उनीहरुलाई थुमथुम्याइरहेका छन् ।आर्थिक रुपमा विवादित डीएसपी थापाले बारामा गाँजा तस्करीको लाइन समेत संचालन गरेको आरोप छ ।
अबैध मदिराको कारोबार खुलारुपमा संचालन गर्न दिनेदेखि जुवा अखाडा समेत उनले चलाएको आरोप छ । घुस संकलन अभियानलाई रफ्तारमा अगाडि बढाएका उनले जिल्लामा हुने सामान्य घरायसी विवादमा अभद्र ब्यवहारको मुद्दा दर्ता गर्ने र थुनामा राखी प्रताडित गर्ने कार्य गरिरहेका छन् ।
१ महिनाअघि बाराको महागढीमाई नगरपालिकाको नगरसभामा नगर प्रमुख उपेन्द्रप्रसाद यादव र वडाध्यक्षहरुबीच भएको सामान्य भनाभनलाई अभद्र ब्यवहारको मुद्दा दर्ता गरेका छन् । र, वडाध्यक्षका बिरुद्ध पक्राउ पूर्जी जारी गरेका छन् । नगरसभामा भनाभन भएको एक महिनापछि मेयरसँग घुस लिई वडाध्यक्षबिरुद्ध पक्राउ पूर्जी जारी गरेको आरोप डीएसपी थापालाई लागेको छ ।
केही महिनाअघि बारा प्रहरीका प्रमुख दिलीपसिंह देउवाले अनियमितता गरेको गुनासोपछि प्रहरी प्रधान कार्यालयबाट छानबिन टोली गएको थियो । टोली बारामा गएर स्थलगत रुपमा अध्ययन गर्दा देउवाको नाममा डीएसपी थापाले अनियमितता गरेको खुलेको थियो । थापाले एसपीको नाममा बदमासी गरेको खुलेपछि देउवामाथि कुनै कारबाही नगरी टोली फर्केको थियो ।
थापाको विवादित पृष्ठभूमि
डीएसपी राजेश थापा महानगरीय प्रहरी वृत्त जगातीको प्रमुख हुँदा भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनापछि रकम असुलेको आरोपमा विभागीय कारबाहीमा परेका थिए । मोटरसाइकल दुर्घटनापछि रकम असुलेको आरोपमा डीएसपी थापासहित प्रहरी निरीक्षक सानु तामाङ र प्रहरी नायब निरीक्षक (सई) विक्रम सेनलाई प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही गरेको थियो ।
प्रहरी निरीक्षक र सईलाई जगाती वृत्तबाट हटाएर एक वर्षसम्म बढुवा रोक्का गरिएको छ । डीएसपीलाई भने प्रहरी प्रधान कार्यलयमा रेकर्ड रहनेगरी नसियत दिएको थियो ।उक्त सवारी दुर्घटनामा डीएसपी थापाको लोभका कारण प्रहरी निरीक्षक र सईले समेत कारबाही भोग्नुपरेको थियो । इलाका प्रहरी कार्यालय लहानमा हुँदा पनि थापा राम्रो काम गर्न नसकेकै कारण अवधि पूरा हुनुअघि नै तानिएका थिए । नेपाल फेस

Tags: गर्नेजारीपक्राउ पूर्जीमेयरसँग घुस असुलीवडाध्यक्षबिरुद्ध

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist