मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा रहेकाे टीकापुर अस्पतालमा मेरी जीवन संगिनिकाे उपचारका क्रममा करिब एक हप्ताकाे बसाइ रहयाे साेहि अवधिमा मैले जे देखे साे कुरा ब्यक्त गर्न खाेजेकाे छु । जसले गर्दा अस्पताल व्यवस्थापन समितिले सुधार गर्न तिर ध्यान दिन्छ कि ? म टीकापुर अस्पतालमा मेरी जीवन संगिनि बिरमा ठकुल्लाकाे उपचारका क्रममा एक साता भन्दा बढीकाे बसाई भयाे ।कम्मरकाे समस्या रहेकाेले उपचारका लागि जनर्ल वार्डकाे ३ नं बेड भर्ना गरियाे उपचार शुरु गरियाे। साेही बेला अस्पतालका राम्रा पक्ष र सुधारत्मक पक्ष देखे र मैले त्यहि कुरालाई सबैकाे सामुन्नेमा राख्ने प्रयास गरेकाे छु । जसबाट टीकापुर अस्पताल व्यवस्थापन समितिले सुधार गर्न तिर ध्यान दिन्छ कि भन्ने म लगायत अस्पतालमा आउने अधिकांश सेवाग्राहीकाे अपेक्षा रहेकाे छ । यस टीकापुर अस्पतालमा कैलालीको भजनी नगरपालिका , जाेशीपुर गाउपालिका, घाेडाघाेडी नगरपालिका , बर्दगाेरिया गाउपालिका , महुन्याल गाउपालिका ,लम्की चुहा नगरपालिका , जानकी गाउपालिका लगायत बर्दिया जिल्ला राजापुर क्षेत्रका बासिन्दा उपचारका लागि अाउने गर्द छन । टीकापुर अस्पतालमा दक्ष जनशक्तिका साथै बिशेषज्ञ सहितका डाक्टर पनि रहेका छन । यस अस्पतालमा दैनिक हजारौं मानिसहरु विभिन्न राेगकाे उपचारका लागि अाउने गरेका छन । यस टिकापुर अस्पतालमा हरेक कुराले सुबिधा सम्पन्न रहेता पनि केही ब्यवस्थापन काे पक्षमा कमि देखिएकाे पाए । अस्पतालमा दैनिक सरसफाइ पनि उतिकै ध्यान दिएकाे पाए ।तर अस्पतालकाे गेट प्रबेश गर्ने बित्तिकै सबै सेवाग्राही झसङ्ग हुन्छ । किन कि बिहान ८ बजे देखि नै पर्चा लिनका लागि लाईन देखेर ।अस्पताल व्यवस्थापन समितीले कसरी हुन्छ आएका बिरामी तथा सेवाग्राहीलाई सहजरूपमा पर्चा लिन सक्ने ब्यवस्था मिलाउन सके अझ अस्पताल प्रति सेवाग्राही खुशी हेने थए । भने अस्पतालले संचालनमा ल्याएकाे फार्मेसी सहजरूपमा औसधि लिने बाताबरण मिलाउनु का साथै सबैखाले औसधिकाे ब्यवस्थापन गराउन सके अझै राम्राे हुने देखिन्छ । अस्पतालमा बस्दा आफुलाई नै कमजोरी महशुस भयाे र नर्सलाई प्रेसर चेक गर्न भने र प्रेसर कम भएकाे बताउनु भयाे उनले मलाई गुलकाेज पानी र जिवनजल खान सल्लाहा दिनु भयाे । म तुरुन्तै अस्पतालले संचालन गरेकाे फार्मेसी गएर जीवन जल र गुलकाेज मागे छैन भने अनि मैले अस्पतालकाे गेट बाहिर रहेकाे मेडिकल बाट गुलकाेज र जिवनजल किनेर ल्याए ।अनि अर्काे कुरा स्वास्थ्य बिमा गराएकाले त झनै आधा भन्दा बढी औसधि बाहिर मेडिकल बाट किन्नु पर्ने बाध्यता रहेकाे छ त्यसाे भुक्तभोगी म स्वयम् रहेकाे छु । अर्काे कुरा प्रसुत गृहमा पनि केही सुधार गर्नु पर्ने देखिन्छ । दैनिक ४/५ जना महिला बच्चा जन्माउछन त्यहा सुत्केरी महिलालाई लथालिङ्ग पारेर राखिएको देखे यस तिर यथाशीघ्र सुधार गर्न तिर ध्यान दिन जरुरी छ । अस्पताल व्यवस्थापन समितिले ठुला ठुला कुरामा मात्रै सुधार गरेर केहि हुदैन स साना कुरा पनि सुधार गरेर लैजान मेराे आग्रह छ ।
Discussion about this post